प्रमुख निर्वाचन आयुक्तको अडान परिवर्तन, एक हप्ताभित्र मतपरिणामको रिपोर्ट बुझाउने

Yadav

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् ।

बिहानमात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका दुई अध्यक्षले मध्याह्न १२ बजे निर्वाचन आयोगका प्रमुख आयुक्त डा.यादवलाई लाजिम्पाटस्थित दाहाल निवासमा बोलाएर तत्काल निर्वाचन परिणाम पेश गर्न दबाब दिएको बताइएको छ ।

दुई अध्यक्षसँगको भेटमा प्रमुख आयुक्त डा.यादवले बढीमा एक हप्ताभित्र प्रतिनिधि र प्रदेशसभा दुबैको रिपोर्ट बुझाउने बचन दिएका छन् । यसअघि डा. यादवले राष्ट्रिय सभा र प्रतिनिधिसभाको पूरै रिपोर्ट संविधानतः एकै पटक बुझाउनुपर्ने व्यवस्था रहेको बताउँदै आएका थिए । ओली र दाहाललाई भेट्न डा.यादव एक्लै पुगेका थिए ।

ओली र प्रचण्डको दबाबपछि यादवले आफ्नो अडान परिवर्तन गर्ने स्रोतको दाबी छ । उनले यसअघि राष्ट्रपतिसमक्ष पूर्ण नतिजाको प्रतिवेदन केही समय लिएर मात्रै बुझाउने अडान लिएका थिए । तर बुधबार वाम गठबन्धनका अध्यक्षद्धयसँगको भेटपछि उनी अडानबाट ब्याक हुने बुझिएको छ ।

प्रतिकृया दिनुहोस