शीतल निवासमा दाहाल र ओलीको एउटै बोली 'अध्यादेश राजनीतिक दुराशयका साथ अायो'

सहमति जुटाउन राष्ट्रपतिको आग्रह

Oli & dahal

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले र माओवादीका शीर्षनेताहरुलाई बोलाएर राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशमा सहमति जुटाउन आग्रह गरेकी छन् ।

राष्ट्रपतिको यस्तो अाग्रहमा बाम गठबन्धनका नेताहरुले अाफ्नो अडान फेरि दाेहोराएका छन् । उनीहरुले सरकारले राजनीतिक स्वार्थका लागि अध्यादेश ल्याएकाले अाफुहरुलार्इ स्वीकार्य नहुने स्पस्ट पारेका छन् । एमाले र माओवादीका नेताहरुले भने राष्ट्रियसभासम्बन्धी अध्यादेश राजनीतिक दुराशयका साथ आएको भन्दै विरोध गरेका छन् ।

र्वाचन आयोगले प्रस्ताव गरेको बहुमतीय प्रणालीलाई संसदको राज्य व्यवस्था समितिले सर्वसम्मत अनुमोदन गरेको तर, स्थानीय तह चुनावको परिणामपछि सरकारले राजनीतिक सहमतिविना गलत नियतले संशोधन गरेको दुई दलको आरोप छ ।

एमाले र माओवादीका शीर्षनेताहरुले चुनावी परिणामलाई आयोगले रोक्न नमिल्ने तर्क गरेका छन् । साथै नयाँ सरकार गठनलाई रोक्न नहुने भन्दै नेताहरुले कुनै राजनीतिक सहमति गर्नु परे नयाँ सरकारले नै गर्ने बताएका छन् ।

भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई बुधबार शीतलनिवासमा बोलाएर अध्यादेशमाथिको विवाद समाधानको पहल गर्न आग्रह गरेकी हुन् । आफूले संविधान र कानुनभित्र रहेर आफूले काम गर्ने भन्दै उनले राजनीतिक दलहरुले पनि यसमा सहयोग गर्नुपर्ने बताएकी छन् ।

भेटमा उनले निर्वाचन जितेकोमा नेताहरुलाई बधाइ दिएकी छन् । साथै जुन उद्देश्यले चुनावमा गएको हो, त्यो पूरा हुन बाँकी नै रहेको भन्दै त्यसका लागि शुभकामना पनि दिएकी छन् ।

प्रतिकृया दिनुहोस