किन पुगे ओली र दाहाल शितलनिवास ?

1469437403 timthumb

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष बुधबार ‘फस्ट आवर’मै राष्ट्रपति भवन शितल निवास पुगेका छन् । गएको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा वाम गठबन्धनमा रहेर चुनावी मैदानबाट अपेक्षाकृत बहुमत प्राप्त गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता नछोड्ने संकेत देखाएपछि शीर्ष नेताद्वय ओली र प्रचण्ड शितल निवास पुगेका हुन् । 

मंगलबार मात्रै सरकारका तर्फबाट मार्ग प्रसस्त गर्ने गाँठो राष्ट्रपतिले नफुकाएको आरोप लगाइएको थियो । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत नगरेसम्म सरकार नछाड्ने सत्तापक्षले आफ्नो अडान सार्वजनिक गरेको थियो ।

ठिक त्यसको भोलिपल्टै दुई शीर्ष नेता ओली ् प्रचण्ड राष्ट्रपति भवन पुगेर आगामी सरकार गठन र राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशका बारेमा छलफल गरेर शितलनिवास र सिंहदरवारबीच बढेको दुरी घटाउने प्रयास गर्ने स्रोतले जनाएको छ ।  केही दिनदेखि नयाँ सरकार गठनको लागि बाधकको रुपमा देखिएको राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशले शितल निवास र सिंहदवारको दुरी बढाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...