पर्यटकीय क्षेत्रको पहिचान बनाउँदै धारागोला

Dharagola 1

झापा । बुद्धशान्ति गाउँपालिका–७ मा रहेको धारागोला पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०७१ सालमा ‘धारागोला महोत्सव’ आयोजना गरिएको थियो । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय युवा सक्रिय भएसँगै धारागोला पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

आदिवासी जनजातीको सघन बसोवास रहेको र मेची राजमार्ग नजिक रहेको धारागोलाबाट तराईको मनोरम दृश्य हेर्न सकिन्छ । हाल त्यहाँ पाँच तलाको भ्यूटावर निर्माण भइरहेको छ । भ्यूटावर निर्माण समितिका अध्यक्ष निरकुमार सुवेदीका अनुसार हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ ।

सो भ्यूटावर निर्माण गर्न आव २०७१/७२ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत १२ लाख, आव २०७२/७३ मा १८ लाख र आव २०७३/७४ मा पर्यटन विकास बोर्डबाट १० लाख बजेट विनियोजन गरिएको थियो । चालु आवमा भ्यूटावरका लागि ५ लाख विनियोजन गरिएको छ ।

यहाँ दैनिक ५० देखि १ सय जना आन्तरिक पर्यटक दृश्यवालोकन गर्नका लागि आउने गरेका छन् । साहित्यकार मुनाराज शेर्माको परिकल्पनाअनुसार आन्तरिक पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले २०७१ सालमा प्रथम धारागोला महोत्सवको आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...