कहिल्यै नडराएका ओलीमा पलायो वामदेव हारेपछि एकाएक डर

Kp oli

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव अवधिभर मुस्किलले तीन दिन मात्रै आफ्नो निर्वाचन क्षेत्रमा डुले । गृहजिल्ला झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा बिजयी ओली चुनावअघि मतदातासँग पनि त्यति धेरै भेटघाट गर्न सकेनन् ।

वाम गठबन्धनको नेतृत्व सम्हालेका ओली आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्यत्रै बढी समय दिए । झापा पुग्दा पनि ओलीले माओवादी केन्द्रका नेता राम कार्कीको निर्वाचन क्षेत्र झापा–१ र राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देल उम्मेदवार बनेको झापा–३ मा बढी समय खर्चिए । कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका गठबन्धनका उम्मेदवार जिताउन ओलीले ठूलै मिहिनेत गर्नुप¥यो । त्यसका अलावा उनी माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार बनेको चितवन–३ देखि काठमाडौं उपत्यका हुँदै सात वटै प्रदेशको चुनावी प्रचारमा हिँडनु पर्यो ।

आफ्नो निर्वाचन क्षेत्रमा समय दिन नपाउनुमा देशैभरबाट ओलीलाई नै आमन्त्रण गरियो । केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले स्वास्थ्य र सुरक्षाको कारण देखाउँदै ओलीलाई चुनावी दौडमा रोक्न नखोजेका होइनन् तर सकेनन् । ‘देशभरबाट उहाँ नआए चुनाव हारिन्छ भन्ने सन्देश आयो, पार्टी र गठबन्धन जिताउन खटेका कमान्डर नजाने कुरै भएन, उहाँ आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्यत्रै समय खर्चनुभयो,’ केन्द्रीय निर्वाचन परिचालन कमिटीका एक सदस्यले भने ।

उम्मेदवार र गठबन्धनका नेताको आग्रह टार्न नसकी ओली ताप्लेजुङदेखि डडेल्धुरासम्म पुगे । आफ्नै निर्वाचन क्षेत्रमा भने ओलीले समय दिनै सकेनन् । दुईपटक गरेर साढे तीन दिन मात्रै समय निकालेका ओलीले जतिओटा सभामा पुगे, ‘तपाईंहरूले मत दिनु नै हुनेछ भन्ने विश्वास राखे, कार्यकर्तासँग पनि तपार्इंहरू खटिरहनुभएकै छ भन्दै हिँडे । ओलीको तर्फबाट उनको निर्वाचन क्षेत्रमा पूर्वप्रमुख स्वकीय सचिवसमेत रहेका युवानेता सचिव इन्द्र भण्डारीसहित होम थापा, देवेन्द्र दाहाल, दीपक कार्की र राजेन्द्र दाहाल भने निरन्तर खटिरहे ।

ओली जिताउन खटेका सबैले देशैभर जानुपर्ने भएकोले भावी प्रधानमन्त्री ओली आउन सक्नुभएन भन्दै मतदातालाई कन्भिन्स गरिरहेका थिए । चुनावताका निकै व्यस्त ओली पुगेका अधिकांश जिल्लामा वाम गठबन्धनले चुनाव जित्यो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार बनेको गृहजिल्ला डडेल्धुराबाहेक सबैमा वाम गठबन्धन विजयी बन्यो । एकाध स्थानमा मात्रै हार्न पुग्यो । ओली पुगेर पनि हार्ने मध्येका एक हस्ती थिए, वाम गठबन्धन निर्माणमा ओलीलाई पूर्णतः साथ दिएका एमाले उपाध्यक्ष वामदेव गौतम ।

गठबन्धनको मत र नेताको योगदानका आधारमा निकै बलियो रहे पनि मोरङका ऋषि पोखरेल, उदयपुरकी मञ्जु चौधरी र गौतम ओली पुग्दासमेत हारे । मोरङ–२ बाट पोखरेल हार्दा ओली अलिक दुःखी बने । उदयपुरकी चौधरीको हार पनि सहज बनेन उनलाई । जब ओलीले उपाध्यक्ष वामदेव गौतम बर्दिया–१ बाट पराजित भएको नतिजा सुने, निकै झस्किए । पूर्वअध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनालले भनेको कुरा याद आयो ओलीलाई ।

चुनावी अभियानमा निर्वाचन क्षेत्रलाई समय नदिएको विषयमा सचेत गराउँदै ओलीलाई खनालले भनेका थिए, ‘कति ठाउँ पुग्नुभयो रु मतदातासँगको भेटघाट के छ रु अलिक विचार गर्नुहोला, चुनावमा भोट दिन्छन् भनेर ढुक्क नबन्नोस्, ढुक्क हुँदा चिप्लन बेर छैन, अहिलेका मतदाता पहिलाका जस्ता छैनन् ।’ खनालले आफ्नो निर्वाचन क्षेत्रको अनुभवका आधारमा ओलीलाई निर्वाचन अगावै भनेका थिए । जवाफमा ओलीले त्यस्तो हुन्न, साथीहरू खटेका छन्, मतदाताको विश्वास पनि छ भन्दै आश्वस्त पारेका थिए ।

जब गौतम हारेको परिणाम सुने, ओलीको मनमा पनि चिसो पस्यो । डर पनि लाग्यो, बर्दियामा मानव सागर लागेको ठाउँ, वामदेवजस्तो नेता हारे, कतै वामदेवजस्तै नतिजा त आउँदैन भन्ने कुराले पिरल्यो । केही समय घोत्लिँदै झापामा खटिएकाहरूलाई फोन गरे । झापाबाट जवाफ आयो, ‘ढुक्क हुनोस्, कम्तीमा ३० हजार मतले जितिन्छ ।’ बाकसमा मत खसिसकेको थियो, परिणाममा अग्रता लिएकै थिए ओलीले । तर, चुनावअघि र पछि कहिल्यै नडराएका ओलीलाई वामदेवको पराजयले भने डर पैदा गरायो ।

उनको मनमा शंका उब्जियो, मतदाता भेट्न आफू गएको छैन, वामदेव हार्न सक्छन् भने मेरो पनि त्यस्तै त हुन्न । ओलीको अवस्था बर्दियाजस्तो थिएन, उनका टिममा रहेर काम गरिसकेका अनुभवी टिमले ओलीलाई सबैभन्दा बढी मत ल्याएर जित्ने नेताका रूपमा इतिहासमा दर्ज गरायो । चुनाव हारेर आफ्नै निवास बालकोटमा भेट्न आएका उपाध्यक्ष गौतमसँग ओलीले आफ्नो मनको कुरा खोल्दा उनी निकै भावुक बनेको बालकोट स्रोतले बतायो ।

गौतमले आफूलाई जनताले नभई पार्टीभित्रैका आपराधिक समूहले डिजाइन गरेर हराएको उजुरी ओलीलाई गरेका छन् । गौतमले नामै किटानसमेत गरेको ओली निकट स्रोतको भनाइ छ । गौतमका अनुसार अध्यक्ष र आफूबीच फाटो ल्याउने नियोजित षड्यन्त्रका साथ केही व्यक्तिले कांग्रेससँग साँठगाँठ गरी चुनाव हराइएको हो । गौतमको हारको विषयमा बर्दिया एमालेले छानबिन टोली नै बनाइसकेको छ ।
सौर्य दैनिकबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...