१४ वर्ष जेल बसेका केपी ओलीलाई राजाको मन्त्री बन्ने अफर

Kp oli

भक्तपुर । ‘१४ बर्ष जेल बसें तर कुनै पूर्जीमा हस्तक्षर गरिनँ । जेलबाट निस्कँदा पनि छुटकारा पूर्जीमा हस्ताक्षर नै गरिन’, सोमबार बधाई दिन ओली निवास बालकोट पुगेको वाईसीएल नेपालका पदाधिकारीलाई जेल जीवनको स्मरण सुनाउँदै ओलीले भने, ‘जेल हालेको केही समयपछि एउटा कागज ल्याएर हस्ताक्षर गराउन ठीक पारे । त्यो कागज हेरेको त राजाको मन्त्री हुन तयार छु भनेको पो रहेछ ।’

‘त्यही राजतन्त्र र निरंकुशताको अन्त्यका लागि विद्रोह गरेर हिँडेको मान्छे फेरि राजाको मन्त्री खाने कुरा हुन्छ रु संविधान मान्दिन भनेर हिँडेको मान्छेले त्यही संविधानबाट मन्त्री हुन मिल्छ रु ओलीले प्रश्न गरे, ‘२०४४ सालमा त्यस्तो कागजमा सही नगरी छुटेको हुँ ।’

अडानबाट कहिले पनि विचलित नहुने स्वभाव भएकाले निर्णय लिने बेला सोचविचार गर्ने बानी रहेको ओलीले बताए । द्वन्द्वको बेला माओवादीका धेरै नेता कार्यकर्तालाई आफ्नो पहलमा बचाएको ओलीले वाईसीएलका नेताहरुलाई सुनाए ।

‘कहिले सेनापतिलाई आग्रह गरेर, कहिले आइजीपीलाई, कहिले गृहमन्त्रीलाई आग्रह गरेर थुप्रै माअ‍ोवादी कार्यकर्ताको ज्यानको सुरक्षा गरेको छु’, ओलीले भने, ‘विचार र बाटो सही वा गलत के हो ? बहस गरौंला तर मान्छेको ज्यानै मार्नु्हुन्न भन्ने मेरो मान्यता हो ।’

‘त्यही राजतन्त्र र निरंकुशताको अन्त्यका लागि विद्रोह गरेर हिँडेको मान्छे फेरि राजाको मन्त्री खाने कुरा हुन्छ ? संविधान मान्दिन भनेर हिँडेको मान्छेले त्यही संविधानबाट मन्त्री हुन मिल्छ रु ओलीले प्रश्न गरे, ‘२०४४ सालमा त्यस्तो कागजमा सही नगरी छुटेको हुँ ।’

२०२८ सालमा झापा विद्रोहका बेला आफूहरुले पनि हिंसात्मक आन्दोलन थालेको बताउँदै उनले मारकाटबाट राजनीति नबदलिने बुझेर त्यस्तो बिचार त्यागेको बताए । अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...