यस्तो छ मुख्यमन्त्रीको लोभलाग्दो सेवा सुविधा

Mukhya mantri talab

काठमाडौं । धेरैलाई चासो छ आफ्नो प्रदेश प्रमुखका केकस्ता सेवा सुविधा पाउँछन् भनेर ।

अबका प्रत्येक प्रदेशका मुख्यमन्त्रीहरुले मासिक तलव मात्रै ६४ हजार रुपैयाँ पाउने छन् । त्योबाहेक मुख्यमन्त्रीले पोसाक सुविधाबापत प्रत्येक वर्ष १८ हजार र अतिथि सत्कार तथा भैपरी खर्चबापत ४० हजार रुपैयाँ पाउनेछन् ।

यो तलव उप प्रधानमन्त्रीकै हाराहारीमा हो । अब उपप्रधानमन्त्रीले मासिक तलब ६५ हजार २ सय पाउने छन् । अहिले नेपालका मन्त्रीहरुले मासिक रुपमा ६० हजार ९ सय ६२, राज्यमन्त्रीहरुले ५७ हजार ७ सय ७५ र सहायक मन्त्रीले ५६ हजार ४ सय ८७ रुपैया पाउँदै आएका छन् ।

अहिले राष्ट्रपतिले १ लाख ५० हजार ४ सय ५० रुपैयाँ, उपराष्ट्रपतिले १ लाख ८ हजार २५ रुपैयाँ पाउँदै आएका छन् । प्रधानमन्त्रीले ७७ हजार २ सय ७५ र उपप्रधानमन्त्रीले ६५ हजार २ सय रुपैयाँ पाउँदै आएका छन् ।

के छन् सुविधा ?
अबका मुख्य मन्त्रीहरुले १२ जनाको जम्बो सचिवालय बनाउन पाउनेछन् । मुख्यमन्त्रीको निजी सचिवालयमा प्रमुख स्वकीय सचिव, सहस्वकीय सचिव, उपस्वकीय सचिव, स्वकीय अधिकृत, फोटोग्राफर अधिकृत, कम्प्युटर सहायक, प्रशासन सहायक, लेखा सहायक रहने छन् ।

मुख्यमन्त्रीले सवारी चालक २ जना र कार्यालय सहयोगी राख्न पाउने छन् भने आवश्यकता अनुसार अन्य विज्ञहरु पनि राख्न पाउने छन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुले मासिक ६४ हजार रुपैयाँ तलव बुझ्ने छन् भने पोसाक सुविधा, अतिथि सत्कार, जीवन विमा आदी सुविधा पनि पाउने छन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुले पोसाक सुविधाबापत प्रत्येक वर्ष १८ हजार र अतिथि सत्कार तथा भैपरी खर्चबापत ४० हजार रुपैयाँ पाउने छन् ।

त्यसका अलावा मुख्यमन्त्री स्वदेश तथा विदेश भ्रमणमा जाँदा समेत पाउने सेवा सुविधा लोभ लाग्दो छ । स्वदेशमा भ्रमण गर्दा प्रतिदिन ३ हजार र विदेश भ्रमणमा जाँदा प्रतिदिन २ सय ५० अमेरिकी डलर पाउने छन् ।

मुख्यमन्त्रीको जीवन वीमा पनि हुने छ । सरकारले नै मुख्यमन्त्रीका लागि १५ लाख रुपैयाँको जीवन बीमा गरिदिने छ ।

नयाँ संविधानअनुसार ७ प्रदेशमा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० गरी कुल ५ सय ५९ जना प्रदेशसभाका सदस्य बन्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...