समानुपातिकमा एमालेबाट तीन मात्रै पुरुष सांसद्, अरु सबै जिल्लिए

Uml..

काठमाडौं । सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेबाट समानुपातिकबाट बढी ३ जना मात्रै पुरुष सांसद चुनिने भएका छन् । प्रत्यक्षमा ८० सिट जितेको एमालेबाट दुईजना मात्रै माहिलाले जितेका छन् । समानुपातिकतर्फ एमाले ४१ पाउने अवस्था छ ।

कम्तिमा ३३ प्रतिशत महिलालाई अनिवार्य प्रतिनिधि सभामा पठाउनुपर्ने संसदीय व्यवस्था अनुसार एमालेबाट समानुपातिकबाट सांसद बन्न पाउने पुरुषकको संख्या थोरै हुने भएको हो । एमालेले जितेका जम्मा १२१ सिटको ३३ प्रतिशत ४० हुन आउँछ । प्रतिनिधि सभामा एमालेले अनिवार्य ४० जना महिला सांसद बनाउनुपर्छ । २ जनाले प्रत्यक्षमा जितेकाले ३८ जना महिला समानुपातिकबाट सांसद बन्ने छन् ।

समानुपातिकबाट एमालेले ३ जना पुरुषलाई मात्रै प्रतिनिधि सभामा पठाउने सक्ने भएको छ । प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्द सूचीको पहिलो नम्बरमा बिजय सुब्बाको नाम छ । दोस्रो नम्बरमा खगेन्द्र राई र तेस्रो नम्बर केशवलाल श्रेष्ठको नाम छ । उता खसआर्य समूहबाट एक नम्बरमा मुकुन्द न्यौपाने र दुई नम्बरमा सोमनाथ प्यासीको नाम । यीनै ५ मध्ये तीनजना समानुपातिक सांसद बन्नेछन् ।

कांग्रेसबाट धेरै पुरुषलाई मौका

दोस्रो ठुलो नेपाली कांग्रेसले २१ जना महिलालाई प्रतिनिधि सभामा पठाउनुपर्छ । कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्रै जितेको छ । तर समानुपातिक मत धेरै आएकाले त्यसका आधारमा ४० सिट पाउने सम्भावना छ । कुल ६३ जना प्रतिनिधि सभा सदस्यमध्ये १९ पुरुषलाई कांग्रेसले समानुपातिकबाट पठाउने सक्नेछ । कांग्रेसबाट एकजना महिलाले पनि प्रत्यक्षबाट जित्न सकेनन् ।

माओवादीबाट २ मात्रै पुरुष

तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रबाट कम्तिमा १७ जना महिला सांसद चुनिने भएका छन् । प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट गरी ५३ सिट जितेको माओवादीबाट प्रत्यक्षमा दुई महिला निर्वाचित भएका छन् ।

यो अवस्थामा माओवादी केन्द्रले १५ जना महिलालाई समानुपातिकबाट अनिवार्य प्रतिनिधि सभामा पठाउनु पर्ने हुन्छ । १७ सिट समानुपातिकबाट पाउने देखिएको माओवादीका दुई पुरुषले मात्रै समानुपातिकबाट संसदमा प्रवेश पाउने अवस्था छ ।

माओवादीबाट हितराज पाण्डे, सुनिल मानन्धर, मणिचन्द्र थापा र सुरेश आलेमगरमध्ये दुईजना सांसद हुने सम्भावना छ । पाण्डेको नाम खस आर्यको सूचीमा पहिलो नम्बरमा छ भने थापा दोस्रो नम्बरमा छन् । त्यस्तै मानन्धरको नाम आदिवासी जनजातिको सूचीमा एक नम्बरमा छ । आलेमगरलाई माओवादीले आदिवासी जनजातिबाट दोस्रो नम्बरमा राखेको छ ।

राजपा र फोरमबाट बढीमा १-१ पुरुष

मधेसवादी दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले ५÷५ महिला अनिवार्य प्रतिनिधि सभा पठाउनुपर्ने छ । राजपाले प्रत्यक्षतर्फ ११ सिट जितेको छ भने समानुपातिकमा ६ सिट पाउने देखिन्छ । त्यस्तै १० सिट प्रत्यक्षमा जितेको फोरमले पनि ६ सिट नै समानुपातिकबाट पाउने सम्भावना छ । राजपा र फोरमले बढीमा एक मात्रै पुरुष समानुपातिकबाट पाउने छन् । दुवै पार्टीबाट एकजना पनि महिलाले प्रत्यक्षमा जितेका छैनन् ।

प्रत्यक्षतर्फ जित्ने महिला

प्रत्यक्षतर्फको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी पवित्रा निरौला खरेल विजयी भएकी थिइन् । त्यसैगरी ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रकी पम्फा भुसालले प्रतिनिधि सभामा विजयी भइन् ।

पुर्वी रुकुमबाट माओवादी केन्द्रकै कमल रोक्का विजयी हुँदा प्युठानबाट जनमोर्चाकी दुर्गा पौडेलले प्रतिनिधि सभाको ढोका खोलेकी छन् । त्यसैगरी एमालेकी नेतृ पद्या अर्याल स्याङ्जा क्षेत्र नम्बर २ बाट बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई हराउँदै प्रतिनिधि सभामा पुगेकी छन् ।

अन्नपूर्ण पोष्टबाट 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...