ब्रेक्जिट वार्ताले आलोचकलाई गलत प्रमाणित गर्न सफल : प्रधानमन्त्री मे

 96408869 may3

लण्डन । बेलायतकी प्रधानमन्त्री टरिजा मेले बेलायतको यूरोपियन यूनियन (इयू) बाट बहिर्गमन (बे्रक्जिट) का बिषयमा हुने गरेका आलोचनालाई आफ्नो पहलमा भएको पछिल्लो वार्ताले यसबारे गरिने गरेका शङ्कालाई गलत सावित गरेको बताएका छन।
आइतबारको टेलिग्राफ पत्रिकामा लेखेका छन , ‘ब्रेक्जिटका आलोचकलाई आफ्नो यूरोपेली महासङ्घका नेताहरूसँगको गत शुक्रबार भएको सम्झौताले गलत सावित गरेको छ ।’
महिनौदेखि बेलायत तथा इयू सदस्य राष्ट्रसँगको व्यापार सम्बन्धबारे रहँदै आएको समस्यालाई समाधान गरी अघि बढ्ने बिषयमा बेलायत र इयूबीच वातावरण सकारात्मक बनेको छ ।


‘हामीले सरकारमाथि शङ्का व्यक्तिलाई गलत सावित गर्दै इयूबाट बेलायतको बहिर्गमनका लागिसफलतासाथ वार्ता प्रक्रियालाई अगाडि बढाएका छौँ ।’ब्रेक्जिटकका बारेमा भएको पछिल्लो सहमतिलाई प्रधानमन्त्री मेले ‘महत्वपूर्ण मोड’ का रूपमा लिएको उनले बताए ।
‘हल्लाकाबीच हामीले बहिर्गमन प्रक्रियालाई अघि बढाउन सफल बनेका छौँ । हामीले बेलायती जनताको प्रजातान्त्रिक प्रक्रियाको महत्वपूर्ण जिम्मेवारीबाट पछि हट्ने छैनौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...