आयोगलाई टेरेनन् उम्मेदवार, चुनावको प्रचार खर्च ‘सीमाभन्दा माथि’

Prachar kharcha lscnp2qfkl

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको प्रचार अभियान स्थानीय तहभन्दा कम भड्किलो देखियो । पोस्टर–पम्प्लेट, झन्डा, चुनावचिह्न अंकित टिसर्ट र टोपी उतिसारो देखिएनन् ।

बाहिर कम खर्चिलो लागे पनि उम्मेदवारको खर्चसूची भने निकै लामो छ । प्रतिनिधिसभा सदस्यका प्रमुख प्रत्याशीहरूले निर्वाचन आयोगले तोकेको सीमाभन्दा दोब्बर खर्च गरेका छन् ।

धेरैजसोको खर्च करोडभन्दा माथि पुग्छ । ६ निर्वाचन क्षेत्र रहेको मोरङमा एक उम्मेदवारले ४ करोडसम्म खर्चिएको चर्चा छ ।

वाम गठबन्धनबाट मोरङ ४ मा विजयी माओवादी केन्द्रका अमनलाल मोदी भने आफ्नो खर्च आयोगको सीमाभन्दा तलै रहेको दाबी गर्छन् । ‘मेरो हातबाट १३ लाखजति खर्च भयो,’ उनले भने, ‘साथीभाइले पनि गर्नुभएको छ, त्यसको हिसाब हुँदै छ तर सीमाभन्दा माथि पुग्दैन ।’ धेरै रकम चन्दाबाट आएको र केही ऋण लिएको उनले बताए ।

‘धेरैजसो उम्मेदवारले तोकिएभन्दा कम खर्च राखेर विवरण बुझाउने गरे पनि त्यो देखावटी मात्र हो’ । कान्तिपुरमा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...