यस्तो छ समानुपातिक मत परिणाम् , कुन जिल्लामा कुन पार्टी पहिलो ?

कांग्रेसकोभन्दा एमालेको ४५ हजार बढि भोट

Vote count ktm

काठमाडौं । प्रत्यक्षतर्फ १६५ मध्ये ८० सिट जितेर सबैभन्दा ठूलो दल बनेको एमाले समानुपातिकतर्फ ७७ मध्ये ५० जिल्लामा पहिलो बनेको छ । जिल्लामा समानुपातिकतर्फ दलहरुले पाएको मतका आधारमा एमालेले ५० जिल्लामा पहिलो मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै समग्र मतमा एमालेभन्दा करिब ५० हजार मतले पछि परेको नेपाली कांग्रेसले १७ जिल्लामा समानुपातिकतर्फ पहिलो पमत प्राप्त गरेको छ ।

कांग्रेसले प्रत्यक्षमा २३ सिट जिते पनि समानुपातिकमा एमालेको हाराहारी मत पाउँदा १७ जिल्लामा अग्रता लिएको हो ।

प्रत्यक्षतर्फ ३६ सिट जितेर दोस्रो बनेको माओवादी केन्द्रले समानुपातिकतर्फ भने ६ जिल्लामा मात्र अग्रता पाएको छ । त्यस्तै राष्ट्रिय जनता पार्टीले तीन र संघीय समाजवादी फोरमले एक जिल्लामा समानपातिकतर्फ पहिलो मत पाएका छन् ।

कांग्रेसले एक नम्बर प्रदेशका मोरङ,उदयपुर,संखुवासभा र सोलुखुम्बुमा पहिलो मत पाएको छ । त्यस्तै दुई नम्बर प्रदेशको धनुषा,रौतहट र बारामा मा पहिलो मत पाएको छ भने तीन नम्बर प्रदेशमा नुवाकोटबाट मात्र पहिलो मत पाएको छ ।

चार नम्बर प्रदेशका गोरखा,मनाङ,बागलुङ, नवलपुरमा पहिलो मत पाएको कांग्रेसले ५ नम्बर प्रदेशको नवलपरासी,कपिलबस्तु,दाङ,बाँके र बर्दियामा पहिलो मत पाएको छ ।

कांग्रेसले ६ नम्बर प्रदेशका मुगु,हुम्ला,जाजरकोट र सुर्खेतमा पहिलो मत पाएको छ । त्यस्तै ७ नम्बर प्रदेशका कैलाली,कन्चनपुर,दार्चुला,डोटी र डडेलधुरामा कांग्रेसले पहिलो मत पाएको छ ।

माओवादी ५ नम्बर प्रदेशको रोल्पा र पूर्वी रुकुम तथा ६ नम्बर प्रदेशका जुम्ला,कालीकोट र रुकुम पश्चिममा समानुपातिकतर्फ पहिलो मत पाएको छ । उसले अन्य कुनै पनि जिल्लामा पहिलो मत पाएको छैन । अधिकांशमा माओवदी तेस्रो स्थानमा छ ।

मधेशवादी दलमध्ये राजपाले २ नम्बर प्रदेशमा महोत्तरी,सप्तरी र सर्लाहीमा पहिलो मत पाएको छ । त्यस्तै संघीय समाजवादी फोरमले पर्सामा पहिलो मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

सबै प्रदेशका अधिकांश जिल्लामा पहिलो बनेको एमाले २ नम्बर प्रदेशमा भने समग्रमा चौथो स्थानमा रहेको छ । दुई नम्बर प्रदेशका ८ जिल्लामध्ये एमालेले सिरहामा भने समानुपातिकतर्फ पहिलो मत पाएको छ ।

एमालेले १ नम्बर प्रदेशका ताप्लेजुङ,पाँचथर,इलाम,झापा, सुनसरी,तेह्रथुम,धनकुटा,भोजपुर,सुनसरी,खोटाङ र ओखलढुंगामा पहिलो मत पाएको छ ।

प्रदेश नम्बर ३ मा एमालेले नुवाकोट बाहेक सबै जिल्लामा पहिलो मत पाएको छ ।

सिन्धुली,रामेछाप,दोलखा,सिन्धुपाल्चोक,काभ्रे,रसुवा,धादिङ,मकवानपुर,चितवन,भक्तपुर,ललितपुर,काठमाडौंमा एमालेले पहिलो मत पाएको छ ।

प्रदेश नम्बर ४ मा एमालेले लम्जुङ,कास्की,पर्वत,स्याङ्जा,म्याग्दी,मुस्ताङ र पर्वतमा एमालेले पहिलो मत पाएको छ । ५ नम्बर प्रदेशमा एमालेले रुपन्देही,अर्घाखाँची,गुल्मी,पाल्पा,प्युठानमा पहिलो मत पाएको छ।

प्रदेश नम्बर ६ का डोल्पा,दैलेख,सल्यानमा एमाले पहिलो बनेको छ । प्रदेश नम्बर ७ का अछाम,बझाङ,बाजुरा,बैतडीमा एमाले पहिलो बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...