कमल थापा झापा पुग्दा किन भावुक बने लिङ्देन ?

Kamal rajendra lingden

झापा । प्रतिनिधिसभामा १ सित जिते पनि राष्ट्रिय प्रजातनत्र पार्टी राष्ट्रिय पार्टी बन्न सकेन । राप्रपाले झापा ३ मा प्रतिनिधिसभामा जित हात परको थियो ।

१ मात्र सिट झापा ३ मा आफ्ना विजयी उम्मेदवार राजेन्द्र लिङ्देनलाई बधाई दिन शनिबार अध्यक्ष कमल थापा नै आए । झापाबाट राजेन्द्र लिङ्देन विजयी बनेर पार्टीकै अस्तित्व जोगाएको भन्दै उनले लिङ्देन र झापाको पार्टी नेतृत्वको प्रशंसा गरे ।

तर थापाले मञ्चबाट बोल्दै गर्दा विजयी बनेका लिङ्देन निक्कै भावुक बनेका थिए । उनका आँखा रसाएका थिए । थापालाई घरीघरी हेर्दै आँखाबाट आसु पुच्ने गर्थे ।

पार्टीका महामन्त्रीसमेत रहेका लिङदेनको आँखा रसाउँदा अध्यक्ष थापा पनि भावुक देखिएका थिए । बोल्दा बोल्दै आखाँभरि आँशु टिलपिल पारेका लिङ्देनले भने, ‘हामी हारेका छौं, ढलेका छैनौं । फेरि पनि तपाईको नेतृत्वमा यो पार्टी अघि बढ्छ ।’

प्रतिकृया दिनुहोस