चर्चा होस् त दूर्गा पौडेलको जस्तो

जसले पूर्वकुसल प्रशाषकलाई सजिलै हराएकी थिइन्

Durga  paudel final

प्यूठान । प्यूठानलाई कम्युनिस्ट किल्ला भनिन्छ । त्यही किल्लामा बाघको खजाना बन्न पुगे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोख्रेल ।

चुनावी मैदानमा होमिनुअघि पाख्रेलले सजिलै जित्छु भनेका थिए । तर, उनलाई राष्ट्रिय जनमोर्चाकी नेत्री दूर्गा पौडेलसामू निरीह बने । भारी मतान्तरले विजयी हुँदा दूर्गाको राजनीतिक उचाई भने ह्वात्तै बढेको छ ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी दुर्गाको राजनीतिक उचाई बढ्नुको मुख्य कारण भनेकै कांग्रेसका पोखरेललाई पराजित गर्नु हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रहिसकेका, पुनर्निर्माण प्राधिकरणको कार्यकारी निर्देशकबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका पोखरेललाई भारी मतान्तरले हराउनु दूर्गाका लागि चानचुने सफलता थिएन ।

पौडेल ०५६ को संसदीय निर्वाचनमा कपिलवस्तु र ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवार बनिन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनबाट समानुपातिक सांसद भइन् । ३ पटकको निर्वाचनमा पराजय भोगेकी पौडेलले नयाँ संविधान जारी भएपछिको पहिलो ऐतिहासिक निर्वाचनमा भने सहज जित हात पारिन् ।

अघिल्लो पटक समानुपातिक प्रणालीबाट सांसद भएकी पौडेलले योपटक वाम गठबन्धनबाट उम्मेदवार बन्दा सहज जित निकालेर चर्चा कमाइन् । त्यति मात्रै होइन, उनी जिल्लाबाट निर्वाचित हुने पहिलो महिला बनेका कारण पनि जिल्ला र आसपासमा उनको चर्चा निक्कै चलेको छ । सबैले भन्न थालेका छन् नेता हुनु त दूर्गा पौडेल जस्तो ।

यस्तो छ चिन्ता
१० र २१ मंसिर मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कम महिलाले जित हात पारे । थोरै महिलाले जित हात पार्दा भन्दा पनि उनी आवद्ध राष्ट्रिय जनमोर्चाले राष्ट्रिय दलको मान्यता नपाउँदा भने उनलाई चिन्तित बनाएको छ ।

उनी अघिल्लोपटक सभासद् हुँदा राष्ट्रिय पार्टीको हैसियतमा संसदमा प्रतिनिधित्व गरेकी थिइन् । तर, योपटक ३ प्रतिशत थ्रेसहोल्डका कारण उनको पार्टी सामान्य पार्टीमा खुम्चिएको छ । अर्थात् उनी स्वतन्त्र सांसदको हैसियतबाट संसदमा प्रतिनिधित्व गर्नुपर्ने बाध्यता छ ।

जिल्लाबाट अत्याधिक मतले विजयी भए पनि उनलाई अर्काे चिन्ता पनि थपिएको छ की जिल्लाका मतदातालाई कसरी मन रिझाउने भन्ने । स्वतन्त्रको हैसियतले संसदमा बस्दा कतै निर्वाचनका बेला जनतासमक्ष बोलेका कतिपय प्रतिवद्धता पूरा पो गर्न सकिँदैन कि भन्ने छ उनलाई ।

पाँचवर्षे कार्यकालमा जिल्लाको विकासमा लाग्ने उनले योजना बनाएकी छन् । ‘वामपन्थीहरूको शिर नझुक्ने गरी काम गर्नेछु,’ उनले भनिन्, ‘जनताबाट केही काम गरिनन् भन्ने गुनासो आउन दिने छैन, म त्यसका लागि रातदिन नभनी काम गर्छु ।’

यस्तो छ उनको राजनीतिक पृष्ठभूमी
कपिलवस्तु माइती भएकी उनी २०२८ असोज ५ मा भारतको पश्चिम बंगालमा जन्मेकी हुन् । पौडेल नेकपा मसालको रक्तिम अभियानमा आबद्ध थिइन् । भारतमा रहँदा रक्तिम अभियानमा रहेर राजनीतिक जागरण फैलाउने काममा सरिक थिइन् । रक्तिम अभियानमा लाग्दालाग्दै पौडेलले भारतको गोरखपुरबाट ‘मेट्रिक’, ‘इन्टर’ र बीएसम्मको अध्ययन पूरा गरिन् ।

उनी ०४४ सालमा नेपाल फर्किइन् । ०४५ सालमा कपिलवस्तुमा महिला आन्दोलनको नेतृत्व गरेको आरोपमा तत्कालीन सरकारले ३ महिना जेल कोच्यो । उनी अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्षसमेत भइन् ।

०५६ सालमा बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको प्रथम सम्मेलनबाट उनी केन्द्रीय सदस्य निवार्चित भइन् । ०६८ को दोस्रो सम्मेलनबाट उपाध्यक्ष र ०७२ मा बुटवलमै भएको तेस्रो सम्मेलनबाट पुनः उपाध्यक्ष पदमै निवार्चित भइन् । उनी राजमोको केन्द्रीय प्रवक्तासमेत हुन् । उनी अहिले पनि उपाध्यक्षको जिम्मेवारीमा छन् ।

आलोचना पनि उस्तै
प्यूठानबाट प्रतिनिधिसभामा विजयी हुँदा जति चर्चा भयो, त्यति नै चर्चा उनलाई पति मोहनविक्रम सिंहसँग जोडेर गरियो । जीवनभर निर्वाचनमा भाग नलिने घोषणा गरेका दुर्गाका पति सिंहले उनका लागि मत मागे तर आफैंले भने दिएका थिएनन् । योपटक भने सिंहले दूर्गाको पक्षमा मत माग्दै हिडे ।

पार्टी प्रशिक्षणका क्रममा भारत पुगेका सिंहलाई पहिलोपटक भेटेकी पौडेललाई सिंहसँगको विवाहका कारण धेरै आलोचना गरिने गरिन्छ । कारण सिंहसँग विवाह गर्दा सिंहभन्दा ३७ वर्ष कान्छी थिइन् । त्यही भएर पनि यो निर्वाचनमा विपक्षीले उनको विवाहलाई विरोधको राम्रै मसला पनि बनाए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...