देउवा सरकारले नियुक्ती गरेका प्रदेश प्रमुखबाट सपथ खाँदैनौं : ओली

‘जनताले देउवालाई राजिनामा गराइसकेका छन्, खोचे थापेर सत्तालिप्सा नदेखाउनुहोस्’

Pic1

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनताले राजिनामा गराई सकेकोले तत्काल सरकार निर्माण प्रक्रियामा अगाडि बढ्न आग्रह गरेका छन् ।

ओलीले भने,‘अब तत्काल सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनुपर्छ,त्यसको विकल्प छैन,उनले बाधा, अडचन पैदा गरेर खोचे थापेर सरकारको आयु लम्ब्याउनु खोज्नु भनेको सत्तालिप्सा हो, यसबाट देउवामुक्त हुनुपर्छ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको विशेष साक्षात्कारमा उनले आफूहरु लोकतान्त्रिक अभ्यासबाट आएको उल्लेख गर्दै थपे, हारेपछि पनि सरकारमा बसि रहन खोज्ने ? हतारहतार, हारेपछि पनि आफ्ना मान्छे बढि हुनुपर्छ भन्ने, हारेपछि त्यो परिणाम रिफ्लेक्ट नहुने, आग्रहरु रिफ्लेक्ट हुने, संविधानले कहाँ एकल संक्रमणीय भनेर हाम्रा निर्वाचन प्रणालीमा कहाँनिर भनेको छ ?’

‘पहिले हटाउने अनि अहिले परिणाम देखेपछि आफू अनुकुल नहुने भएपछि अनि फेरि परिणाम ल्याउने कुरा उचितहुँदैन, त्यसकारण म फेरि सबैलाई आग्रहगर्न चाहन्छु, क्षणिक र मौसमी तर्क नगरौं, र मैले भन्न पनि स्पष्ट रुपमा भनेको छु, हामी अनुचित कुराहरुसँग झुक्दैनौं, सम्झौता गर्दैनौं’ ओलीले भने,  नेपाली कांग्रेसले हारेपछि सरकार चलाउन खोजेको हो भने, त्यो बाटो उसले स्पष्ट लिएहुन्छ ।’

उनले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई खोचे थापेर सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाए ।

ओलीले सरकार गठनको लागि राष्ट्रिय सभा पर्खिनुपर्ने कुरै नभएको बताए । ‘यस्तो कुरा गर्नु भनेको सत्ता लोलुपता, पद लोलुपता, लोकतान्त्रिक अभ्यसाको निकृष्ट प्रयास हुन्छ । यस्तो नगर्न म सबैलाई भन्न चाहन्छु’ उनले भने, ‘कानुनको खोचे थापेर, बखेडा झिकेर, जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गर्ने मनसाय प्रकट भएको छ, मर्यादित संस्थाको अनुचित ब्याख्या र प्रयोग गर्ने कुरा शोभनीय हुँदैन ।’

प्रदेश प्रमुख नियुक्तिमा वर्तमान सरकारले कसरत गरेको प्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने ?, हामी प्रदेश नियुक्तीलाई मान्दैनौं, हामीलाई स्विकार्य छैन।’आफूहरुले निर्वाचनमा बहमुतल्याएको बताउँदै उनले भने असंवैधानिक नियुक्तीहरुबाट हामी सपथ ग्रहण गर्दैनौं, यो के लोकतन्त्र चल्न नदिन खोजेको हो ? नेपाली कांग्रेसले ? हामी सपथ ग्रहण गर्दैनौं ।

प्रतिकृया दिनुहोस