मर्यादित संस्थाको अनुचित ब्याख्या र प्रयोग गर्ने कुरा शोभनीय हुँदैन : अध्यक्ष ओली

Prime minister kp oli

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले लोकतान्त्रिक माध्यता र जनताको अभिमनलाई अवमुल्यन र अस्वीकार गरेको ओलीको आरोप छ ।

‘कानुनको अड्डी थापेर, बखेडा झिकेर, जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गर्ने मनसाय प्रकट भएको छ,’ निजी निवास बालकोटमा सञ्चारकर्मीहरुसित कुरा गर्दै ओलीले भने, ‘मर्यादित संस्थाको अनुचित ब्याख्या र प्रयोग गर्ने कुरा शोभनीय हुँदैन ।’ 

उनले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा अड्डी थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।सरकार गठनका लागि आफ्नै अभ्यास र नजिरहरु रहेको भन्दै नयाँ सरकार बनाउन राष्ट्रिय सभा गठन आवश्यक नरहेको ओलीको तर्क छ । निर्वाचन आयोगले पनि कानुनअनुसार काम गर्नुपर्नेमा जोड दिंदै उनले भने, ‘निर्वाचन आयोग कसैको ट्विटका पछाडि होइन, संविधान र कानुनअनुसार चल्नुपर्छ ।’

ओलीले निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रिय सभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको भन्दै सच्याउन आग्रह गरे । ‘जहाँ जे लेखे पनि मौजुदा सरकारले नै समानुपातिक सांसद छान्ने भनेर अध्यादेश लगे के हुन्छ,’ उनले प्रश्न गर्दै भने, ‘गलत कामलाई मान्नुपर्छ भन्ने छैन ।’

प्रदेश प्रमुख नियुक्तिमा कसरत गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने ?

आफूहरुलाई सरकारमा जान कुनै हतार नभएको बताउँदै अध्यक्ष ओलीले जनमतबाट नै कांग्रेसलाई राजीनामा गराइसकेको उल्लेख गरे । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...