फेरि किन डेरा सरे प्रचण्ड ?

नेता जति डेरा सर्दै, कोको सरे त डेरा ?

Prachanda 1

काठमाडौं । भनिन्छ काठमाडौंमा जति डेरा पाउन अन्त कतै समस्या छैन । काठमाडौंमा डेरा पाउन निक्कै कसरत गर्नुपर्छ । तर, राजनीतिक पार्टीका नेताहरु भने यतिबेला धमाधम डेरा सरिरहेका छन् ।

१० र २१ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सकिएपछि डेरा सर्नेमा अधिकांस माओवादी नेताहरु छन् । उनीहरुले हाल बस्दै आएको डेरामा समस्या भएको भन्दै धमाधम डेरा सर्न थालेका हुन् ।

पछिल्लोपटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि डेरा सरेका छन् । प्रचण्डले लाजिम्पाटमा रहेको डेरा छाडेर ललितपुर उपमहानगरपालिका १५ खुमलटारमा पुगेको छन् । उनी शान्ति प्रक्रियामा आएपछि नयाँ बजारमा बसेका थिए भने उनको दोस्रो बसाई लाजिम्पाटमा भएको थियो ।

लाजिम्पाटमा रहेको घर पार्टीका जिल्ला नेताहरुले खोजिदिएका थिए । शुक्रबार दिउँसो माइतीघरमा एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गरेपछि उनी खुमलटारस्थित नयाँ निवासमा सरेका थिए । प्रचण्ड पत्नी सीतासहित शुक्रबार नै खुमलटारस्थित नयाँ निवासमा सरेका हुन् ।

नयाँ डेरामा लाजिम्पाटबाट केही सामानहरु सारिसकिएको छ । पूर्णरुपमा सामानहरु सार्न केही दिन लाग्नेछ । सचिवालयका केही सदस्यहरु भने लाजिम्पाटस्थित पुरानै निवासमा छन् । अबको केही दिनदेखि नै प्रचण्डको पुरै टिम खुमलटारमै बस्न सुरु गर्नेछ ।

के छ नयाँ घरमा सुविधा ?
लाजिम्पाटमा कम्पाउण्ड साँघुरो रहेको थियो । आगन्तुकहरुको गाडी पार्किंङ गर्न असुविधा हुँदा सडकमै पार्किङ गर्नुपर्ने अवस्था थियो ।

खुमलटारस्थित नयाँ घरमा ठूलो कम्पाउण्ड छ । सडक पनि निक्कै फराकिलो छ । लाजिम्पाटमा रहेको कम्पाउण्ड भन्दा झण्डै तेव्वरको छ नयाँ घरको कम्पाउण्ड ।

कोको सरे डेरा ?
हालसम्म माओवादी केन्द्रका शीर्ष नेताहरुको राजधानीमा घर छैन । त्यही भएर पनि माओवादी नेताहरु वेलावेला डेरा सर्ने गर्छन् ।

पछिल्लो समयमा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ पनि डेरा पनि ललितपुरमै छ । केही समयअघि मात्रै माओवादी त्यागेर नयाँ शक्ति पार्टी खोलेका डा. बाबुराम भट्टराई पनि डेरा सरेका छन् । सानेपामा रहेका डेरा छोडेर विशालनगरमा डेरा सरेका छन् ।

भूमिगत जीवन छाडेर खुल्ला राजनीतिमा आएपछि माओवादी अध्यक्ष प्रचण्ड सुरुमा नयाँबजारस्थित डेरामा बस्दा प्रचण्ड र बाबुराम भट्टराई एउटै घरमा बसेका थिए । पछि बाबुराम शान्तिनगर बस्न थाले भने प्रचण्ड लाजिम्पाट सरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...