निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै : रक्षामन्त्री प्रधान
काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताएका छन् ।
शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले शुक्रबार आयोजना गरेको ‘भवन उद्घाटन तथा शृंखला साहित्यिक मासिक पत्रिका विमोचन’ समारोहमा उहाँले शुक्र माविले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी शिक्षा प्रदान गर्नुपर्ने बताए । “जनताको हक, अधिकार र मुलुकको विकासका लागि शहीदहरुले सहादत प्राप्त गरेका थिए अब त्यो सपनालाई हामीले पूरा गर्नुपर्छ,” उनले भने ।
मन्त्री प्रधानले राणा शासन बिरुद्ध लड्दै गर्दा सहादत प्राप्त गर्नुभएका चार शहीदमध्ये तीन शहीदको नाममा विभिन्न पूर्वाधार स्थापना भए पनि धर्मभक्तको नाममा केही नबनेकाले उहाँलाई सम्झने गरी अस्पताल निर्माण गर्नुपर्ने धारणा व्यक्तगरे । निर्वाचनमा काँग्रेसले हारेर पनि देशले जितेको छ भन्दै उहाँले अब सुशासन कायम गरी मुलुकलाई आर्थिक विकासको गतिमा अघि बढाउनुपर्छ भने ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले शहीदले मुलुकको विकास र समृद्धिका लागि देखेको सपना पूरा भए मात्र उहाँहरुप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । उनले नयाँ सरकारले शिक्षाको विकासका लागि छुटृै नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझावसमेत दिए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निजी क्षेत्रसँगको प्रतिस्पर्धामा उत्कृष्ट हुने गरी पठनपाठन गराउन सुझाव दिए । उनले नयाँ संरचनाअनुुुसार शिक्षा क्षेत्र स्थानीय तहबाट सञ्चालन हुन लागेको भन्दै राम्रो नतिजा दिने विद्यालयलाई महानगरले राम्रो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयका अध्यक्ष होमप्रसाद खड्गी, कामनपा उपप्रमुख हरिप्रभा खड्गी, प्राज्ञ दिनेशराज पन्त, विद्यालयका प्रधानाध्यापक मञ्जु तुलाधर लगायतले शहीदको नाममा स्थापना गरिएका विद्यालयको विकास र विस्तारका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गरिब तथा जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्नाका साथै विद्यालयबाट प्रत्येक महिना प्रकाशित हुने ‘शृङ्खला’ नामक साहित्यिक मासिक पत्रिका विमोचन गरिएको थियो ।
सम्बन्धित समाचार
एमाले प्रतिनिधि परिषद्द्वारा १५ बुँदे प्रस्ताव पारित, गठबन्धन तोड्ने काम नगर्न आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक १...
एमाले प्रतिनिधि परिषदको बैठक : सत्ता बाहिर बस्दा कांग्रेस प्रतिसोधमा उत्रिएको टिप्पणी
काठमाडौं । नेकपा एमालेको प्रतिनिधि परिषदको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा सत्ता घटक दल ने...
एकीकृत समाजवादी भन्छ, सुदूरपश्चिममा दीर्घ सोडारी मुख्यमन्त्रीको उम्मेदवार हो
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई मुख्यमन्त्...
ओली भन्छन्, अहिलेको सत्ता समीकरण बनाउन ‘प्रचण्ड’को साहसिक निर्णय थियो
झापा । कुनैबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति निक्कै गरम कुरा गर्ने पूर्वप्रधानमन्त...
सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का
काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...
कांग्रेस निकट प्रदेश प्रमुख पदमुक्त, एमाले निकट सिफारीस
काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस कोटाका प्रदेश प्रमुख हटाएको छ । मन्त्रिपरिषद्क...
तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने
काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...
प्रतिकृया दिनुहोस