कैलालीका महिला नेत्रीलाई निर्वाचन जित्न सकस

Arju deuwa

धनगढी । देशभरीमा सबैभन्दा बढी महिला निर्वाचनमा प्रतिष्पर्धी रहेको कैलालीमा कुनै पनि महिला उम्मेदवार विजयी हुन सकेनन् ।

प्रतितिधिसभामा छ र प्रदेशसभामा छ जना गरी कैलालीका विभिन्न निर्वाचन क्षेत्रबाट १२ जना महिला उम्मेदवार प्रतिष्पर्धामा रहेपनि कसैले जीत हासिल गर्न सकेन ।

चर्चामा रहेको कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले ४ हजार ८ सयभन्दा बढी मतले आदिवासी रानाथारु समुदायका नेकपा एमालेका नेता नारदमुनि रानासँग पराजित भइन् ।

वाम गठबन्धन र नेपाली काँग्रेस दुबैले प्रतिनिधिसभा सदस्यमा महिला उम्मेदवार उठाएको कैलाली क्षेत्र नं १ मा दुवै उम्मेदवारलाई टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीले पराजित गरे ।
दुई वर्षअघि भएको टीकापुर घटनाका आरोपित रेशमलालको जीतलाई अप्रत्यासित मानिएको छ । निर्वाचन क्षेत्र नं. १ मा विजयी चौधरीले ३४ हजार ३ सय ४१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी मदनकुमारी शाहले १३ हजार ४ सय ६ र तेस्रो स्थानमा रहेकी काँग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत प्राप्त गरिन् ।
यसैगरी, विघटित लोकतान्त्रिक फोरम नेपालकी उपाध्यक्ष एवं शैक्षिक क्षेत्रमा चर्चामा रहनुभएकी गीता राणा क्षेत्रीले कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधिसभामा स्वतन्त्र प्रतिष्पर्धा गर्दा जमानतसम्म जोगाउन सकिनन् ।

प्रतिनिधिसभामा यी बाहेक क्षेत्र नं. ३ मा राजपा नेपालकी मीना चौधरी र क्षेत्र नं. ५ बाट नेमकिपाकी उम्मेदवार नन्दाकुमारी दर्लामी मगरले नगण्य मत मात्रै पाए ।
प्रतिनिधिसभामा मात्र होइन, प्रदेशसभामा पनि कुनै पनि महिलाले निर्वाचन जित्न सकेनन् । क्षेत्र नं. ३ को प्रदेश (ख) मा राजपा नेपालकी सीता थारु, क्षेत्र नं २ (क) मा नेमकिपाकी लक्ष्मी पुनमगर, (ख) मा संघीय समाजवादी फोरम नेपालकी टीका देवी पुनमगर, निर्वाचन क्षेत्र नं. ४ को प्रदेश (ख) मा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट भगवती सिंह र प्रदेश (क) बाट जनसमाजवादी पार्टीकी उम्मेदवार टीकादेवी चौधरी पनि पराजित भए ।

क्षेत्र नं. १ बाट काँग्रेस उम्मेदवार ईश्वरी न्यौपाने, क्षेत्र नं. १ बाट वाम गठवन्धनकी उम्मेदवार गरिमा शाहबाहेक अरु महिला उम्मेदवारले जमानत समेत जोगाउन केनन् ।

यसैगरी, प्रदेशसभामा उम्मेदवार बन्नुभएका ६ जना महिला नेत्रीमध्ये क्षेत्र नं ५ (क०) बाट कांग्रेसकी उम्मेदवार जीवन रानाबाहेक अरु कसैले जमानत जोगाउन सकेनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...