सुनसरी क्षेत्र नं. ३ मा मतगणना स्थगित

Bijaya  vagawati

धरान । सुनसरी क्षेत्र नं. ३ को मतगणना स्थगित भएको छ । मत गणना भइरहेको बेला ९ वटा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो ।

८५ हजार १ सय ९७ मत खसेकोमा पछिल्लो मत परिणाम अनुसार चौधरीको २९ हजार ३ सय २६ र गच्छदार २९ हजार १ सय ७१ मत प्राप्त गरेका छन् ।

बाम गठबन्धन एमालेकी उम्मेदवार भगवती चौधरीले कांग्रेसको पक्षमा अर्धकट्टी सहितको मतपत्र फेला परेको भन्दै पुनः मतदान गर्न माग गरेकी छन् । उनले आफुलाई पराजित गर्न जालझेल गरिउकाले पुनः मतदान गर्न माग गरेकी छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार केही प्राविधिक समस्या देखिएको र केही समय पछि मतगणना सुचारु हुने जनाएको छ । विवादपछि मतगणना स्थलमा सुरक्षा व्यबस्था झन कडा पारिएको छ ।

 

प्रतिकृया दिनुहोस