सुनील थापाले दिए राजेन्द्रलाई ३ सुझाव

Sunil rajendra

धनकुटा । २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभामा धनकुटाबाट वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजेन्द्र राई विजयी भए । राईले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा उद्योग मन्त्री सुनीलबहादुर थापालाई पराजित गरे ।

हारलाई थापाले स्वभाविक मानेका छन् । राईले जिते लगत्तै धनकुटाको सामुदायीक भवनमा पुगेर थापाले राईलाई अंकमाल गर्दै बधाई दिए । त्यो एउटा अनौपचारिक बधाई थियो । अहिले विज्ञप्ती जारी गरेरै राईको कार्य सफलताको शुभकामना दिएका छन् ।

त्यति मात्रै होइन, थापाले राईलाई केही सुझाव पनि दिएका छन् । उनको पहिलो सुझाव नै १ नं. प्रदेशको राजधानी कायम बनाउन निरन्तर संघर्ष गर्ने । दोस्रो कुरा जिल्लाको विकासमा निरन्तर लाग्ने र निर्वाचनका बेला गरेका प्रतिवद्धतालाई पूरा गर्ने । यी कुरा थापाले विज्ञप्तीमै उल्लेख गरेका छन् ।

‘उहाँको प्रयास र प्राथमिकताबाट धनकुटाको मुहार फेरिने छ’ विज्ञप्तीमा भनिएको छ, ‘१ नं. प्रदेशको राजधानी कामय हुने र उहाँ र उहाँको पार्टीले निर्वाचनका समयमा धनकुटावासी जनता समक्ष गरेका प्रतिवद्धता पूरा हुने आशा र विश्वास समेत लिएको छु ।’
दोस्रो संविधानसभाको निर्वाचनमा राईलाई नै पराजित गर्दा यी दुबैको सम्बन्ध त्यति राम्रो थिएन । तर, यो पटक विगतको जस्तो कटुता देखिएन । त्यही भएर २० गते आफ्नो जन्म गाउँ मुगामा झण्डै १ घण्टा बसेर राई र थापाले एकअर्कालाई जितको शुभकामना दिएका थिए ।

हार स्वभाविक
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री सुनीलबहादुर थापाले आफ्नो हारलाई स्वभाविक रुपमा लिएको बताएका छन् । धनकुटाबाट प्रतिनिधिसभामा पराजित भएपछि आफ्नो हारलाई स्वभाविक रुपमा लिएको बताएका छन् ।

थापाले निर्वाचनमा हारे पनि धनकुटाको विकास र समृद्धिका लागि सधैं लागिरहने प्रतिवद्धता पनि जनाएका छन् । उनले आफु निर्वाचनमा हारे पनि राजनीतिबाट कहिले पनि विचलित नहुने प्रष्ट पारेका छन् । उनले विगतमा झै इमान्दारीतापूर्वक पार्टी र जनताको काममा खट्ना कार्यकर्ताहरुलाई निर्देशन पनि दिएका छन् ।

मन्त्री थापाले निर्वाचन सफलता पूर्वक सम्पन्न गराउने जिल्ला स्थित निर्वाचन कार्यालय, निर्वाचन सफल बनाउन अहोरात्र खट्ने कर्मचारी, राजनीतिक दल, लोकतानित्रक गठबन्धनका नेता तथा कार्यकर्ता, मतदाता लगायतलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...