लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित

Lamjung

लमजुङ । लमजुङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मत अन्तरले विजयी भएका छन् ।

उनी ८ हजार सय ४ सय ३४ मतान्तरले विजयी भएका हुन् । उनले ३९ हजार ४ सय ६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ३४ मत प्राप्त गरे ।

यस्तै लम्जुङको प्रदेश सभा ‘क’ मा पनि एमाले उम्मेदवार धनञ्जय दवाडी विजयी भएका छन् । उनी २० हजार २ सय ४४ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका गर्ज बहादुर गुरुङले १३ हजार ८ सय ४३ मत प्राप्त गरे ।

लमजुङको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । उनी ८ हजार ६६ मतान्तरले विजयी भएका हुन् ।

गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २२ मत पाएका छन् ।

पृथ्वीसुब्बा गुरुङलाई प्रदेश नम्बर ४ को सम्भावित मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ । उनी नेकपा एमालेका केन्द्रीय सचिव समेत हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...