बैतडी प्रतिनिधिसभामा एमालेका भण्डारी विजयी

Damodr vandari

 बैतडी । बैतडी प्रतिनिधिसभामा एमाले उमेद्वार दामोदर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई ११ हजार २ सय ३३ मतले पछि पारेका हुन् । भण्डारीले ३९ हजार ५ सय २४ मत ल्याएका छन् ।

प्रतिस्पर्धी वाणिज्य राज्यमन्त्री चन्दले २८ हजार २ सय ९१ मत पाएका छन् । ७६ हजार १ सय ४६ मत खसेको प्रतिनिधिसभामा ७ हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए 

०७० को दोस्रो संविधानसभामा भण्डारी बैतडी क्षेत्र नं. १ र चन्द बैतडी २ बाट निर्वाचित भएका थिए । भण्डारी केपी ओली सरकारमा अर्थराज्यमन्त्री रहेका थिए ।

चन्द बहालवाला वाणिज्य राज्यमन्त्री हुन् । बैतडीका २ वटै प्रदेश सभामापनि वाम गठबन्धनकै उमेदवार विजयी भएका छन् । प्रदेश ‘क’मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र प्रदेश ‘ख’मा एमालेका लिलाधर भट्ट निर्वाचित भएको परिणाम आएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...