पाँचथरबाट प्रतिनिधी सभामा बसन्त नेम्बाङ विजयी

Basanta nembang


पाँचथर । प्रतिनिधी सभा तर्फ पाँचथरबाट बाम गठबन्धनका उम्मेद्धार बसन्त नेम्बाङ विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेलाई १० हजार ६ सय १६ को फारकिलो मतान्तरले पराजित गर्दै नेकपा एमालेका उम्मेद्धार नेम्वाङ विजयी भएका हुन् ।

कुल खसेको ७२ हजार १ सय ८२ सदर मत मध्ये नेम्वाङले ३८ हजार ६ सय ४१ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक गठबन्धनका भिष्मराज आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरेका छन् ।

यस्तै जिल्लामा संघिय समाजबादी पार्टीले १ हजार ९ सय ९४ मत, संघिय लोकतान्त्रिक राष्ट्रिय मंच ले १ हजार ५ सय ९३ मत, नेकपा माले ८ सय ९० मत, मंगोल नेशनल अर्गनाइजेसन पार्टीले १ सय ९४ मत, एकिकृत राप्रपा राष्ट्रबादीले २ सय ९५ मत, नयाँ शक्ति पार्टीले १ सय ३२ मत प्राप्त गरेका छन् ।

२ वटा प्रदेश सभा र एउटा प्रतिनिधी सभा रहेको जिल्लामा प्रदेश सभा तर्फको मतगणना समेत प्रारम्भ भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...