लगातार चार पटक हारेका कृष्णगोपालको जित

Krishna gopal

 काठमाडौं । वाम गठबन्धनले एमाले र माओवादीका धेरै नेताहरुलाई चुनावी परिणाममा राहत दिएको छ । यस्तै राहत पाउनेमा एमालेका कृष्णगोपाल श्रेष्ठ पनि एक हुन् ।

किनकी लगातार चार पटकसम्म चुनावमा हार व्यहोरेका कृष्णगोपाल प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी भएका छन् । उनले कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले हराए ।

कृष्णगोपालले २२ हजार ८५२ मत पाउँदै विजयी हुँदा ध्यानगोविन्दले १४ हजार ८०२ मत पाएका छन् ।

कृष्णगोपाल र ध्यानगोविन्द चिरपरिचित प्रतिस्पर्धी हुन् । उनीहरुबीच काठमाडौं क्षेत्रनम्बर ७ मा ०५१ को चुनावमा भिडन्त भएको थियो जसमा कृष्णगोपालले बाजी मारेका थिए ।

तर ०५६ को चुनावमा कृष्णगोपाल ७ नम्बर क्षेत्रबाटै तिर्थराम डंगोलसँग पराजित भए । त्यसपछिका लगातार तीनवटा चुनावको परिणाम पनि कृष्णगोपालको पक्षमा आएन ।

०६४ को पहिलो संविधानसभा र ०७० को दोस्रो संविधानसभा चुनावमा कांग्रेसका ध्यानगोविन्दले कृष्णगोपालसँग बदला लिए ।त्यतिमात्रै होइन काठमाडौं क्षेत्रनम्बर २ मा भएको उपचुनावमा पनि कृष्णगोपाल हारेका थिए । दुई स्थानबाट विजयी एमाले नेता माधव नेपालले काठमाडौं २ छाडेपछि भएको उपचुनावमा कृष्णगोपाल उम्मेदवार थिए । उपचुनावमा उनी कांग्रेसका दिपक कुइँकेलसँग पराजित भएका थिए ।

तर संविधान जारी भएपछि नेपालमा पहिलोपटक भएको प्रतिनिधिसभा निर्वाचनमा भने कृष्णगोपालले जित निकाल्न सफल भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मन्दिरमा पुजा गर्दा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

Tekendra sunar

बाजुरा । नेपालको संविधानले कुुनै जात वा वर्गमाथि विभेद गरेको छेन । तर, बाजुरामा पुजा गर्न बसेका द...