रुकुममा माओवादीको एकलौटी जित

Rukum

काठमाण्डौ– दुई जिल्लामा विभाजित रुकुमका सवै क्षेत्रमा माओवादी केन्द्रले जित निकालेको छ ।  पश्चिम र रुकुम पूर्व दुबै जिल्लामा माओवादी केन्द्रका  उम्मेदवारहरुले फराकिलो मतान्तरले नेपाली काँग्रेसका उम्मेदवारलाई हराएका हुन् ।

रुकुम पश्चिममा प्रतिनिधिसभामा सदस्यका उम्मेदवार जनार्दन शर्माले फराकिलो मतअन्तर सहित कांग्रेस उम्मेदवार गोपाल जी जंग शाहलाई १८ हजार ७४३ मतअन्तरले हराएका छन् । शर्माले ३४ हजार ४ सय २ मत ल्याएर  विजयी भए । शर्माका प्रतिद्धन्दी शाहले १६ हजार ६५९ मतमा ल्याएर पराजित भए  ।

पश्चिम रुकुमको प्रदेशसभातर्फ माओवादी केन्द्र विजयी भएको छ । प्रदेशसभा क मा रातो कामी र ख मा गोपाल शर्माले प्रतिस्पर्धीलाई किनारा लगाए । कामीले कांग्रेसका कृष्ण बहादुर रोकायालाई हराए ।  कामीले १६ हजार ८ सय १० र रोकायाकोले ८ हजार ५ सय ७७ मत ल्याएका थिए ।

यसैगरी, प्रदेशसभा ख  मा गोपाल शर्माले कांग्रेसका खड्क डाँगीलाई पछि पारे । शर्माले १८ हजार ६ सय ६० मतसहित विजयी भए भने डाँगीले ८ हजार १ सय २७ मत पाएका छन् ।

पूर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भइन् । रोका विजयी पहिलो महिला सदस्य हुन्  । रोकाले निकटतम कांग्रेसका हरिशंकर घर्तीमगरलाई हराइन् ।

रोकाले १० हजार ४ य ३४ मत सहित विजयी हुँदा घर्तीमगरले ४ हजार ४ सय ०६ मत ल्याए ।  यसैगरी प्रदेशसभातर्फ पूर्वी रुकुमको ‘क’ क्षेत्रमा माओवादी केन्द्रका तेजबहादुर ओली ‘प्रतिक’ ५ हजार ४ सय २७ ल्याएर विजयी भए । प्रतिस्पर्धी कांग्रेसका दुतकुमार पुनले २ हजार १ सय ४४ मत पाए ।

प्रदेशसभा ‘ख’मा माओवादी केन्द्र कै पूर्णबहादुर घर्ती ‘आयाम’५ हजार ८ सय १६ विजयी भएका छन् भने पराजित कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १ सय ११ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस