पश्चिम रुकुममा जनार्दन शर्मा विजयी

Janardan sharma  100

काठमाडौं । रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका जनार्दन शर्मा भारी मत अन्तरले विजयी भएका छन् ।

विनाविभागीय मन्त्रीसमेत रहेका शर्माले ३४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजिजंग शाहले १५ हजार ६५९ मत ल्याएका छन् ।

यस्तै रुकुमको प्रदेश (ख) मा पनि माओवादी केन्द्रकै गोपाल शर्मा विजयी भएका छन् ।

शर्माले १८ हजार ६६० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका खड्ग डांगीले ८ हजार १२७ मत ल्याएका छन् ।

प्रदेश (क) बाट पनि माओवादीका रातो कामी विजयी भइसकेका छन् ।

योसंगै पूर्वी र पश्चिम दुवै रूकुममा माओवादीका ६ जना उम्मेदवार नै विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस