डोल्पा प्रदेशसभा क्षेत्र नं (क) मा एमालेका बुढा विजयी

Uml moist flag

 

डोल्पा । बिहीबार राति ९ः३० बजेबाट शुरु भएको प्रदेशसभा क्षेत्र नं १ (क) को मतगणना सम्पन्न भएको छ । 

वाम गठबन्धनबाट उम्मेदवार एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याएर पराजय भएका छन् । 

उक्त निर्वाचन क्षेत्रमा जम्मा मतादाता आठ हजार २४३ मध्ये कुल खसेको छ हजार ७८६ मतमा छ हजार ७०३ मत सदर भएकोमा ८५ बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...