रुकुम पूर्वका दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी

Uml moist flag

 

रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्र नं (क) मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई तीन हजार २८३ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का तेजबहादुर ओली विजयी भएका छन् । 

विजयी ओलीले पाँच हजार ४२७ मत प्राप्त गर्दा पुनले दुई हजार १४४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए । 

यस्तै, प्रदेशसभा क्षेत्र नं (ख)मा पनि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी नेकाका दत्तबहादुर बस्नेतलाई दुई हजार ७०५ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्ती विजयी हुनुभएको उहाँले बताए । 

विजयी घर्तीले पाँच हजार ८१६ मत प्राप्त गर्दा बस्नेतले तीन हजार १११ मत प्राप्त गर्नुभएको थियो । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएपछि अब समानुपातिक तर्फको मतगणना शुरु गरिएको छ । 
यसअघि, यहाँबाट प्रतिनिधिसभा सदस्यमा बाम उम्मेदवार कमला रोका विजयी भइसकेकि छन्। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...