कमला रोकाको यात्रा : पहिलो छापामार, पहिलो महिला सांसद्

Kamala rokka

काठमाडौं । लामो ल्याग र तपस्यापछि नयाँ संविधान जारी भयो । जसलाई कार्यान्वयनको दोस्रो खुड्किलो थियो प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन ।

निक्कै शंका आशंकाका बीच १० मंसिरमा पहिलो चरणको निर्वाचन सम्पन भयो । पूर्वी रुकुममा पहिलो चरणमा रुकुमेली जनताले उत्साहपूर्वक मतदान पनि गरे । र जन्माए देशकै पहिलो महिला सांसद ।

त्यसरी रुकुमेली जनताले जन्माएको पहिलो महिला सांसद हुन् कमला रोका । उनी माओवादी १० वर्षे सशस्त्र युद्धकी पहिलो छापामार पनि हुन् । उनले पहिलो चरणको निर्वाचनमा १० हजार ४ सय ३४ मत ल्याएर महिला सांसदको नाम लेखाउन सफल पनि भइन् । त्यति मात्रै होइन, माओवादी केन्द्र्रलाई जितको खाता पनि खोली दिइन् ।

उनका प्रतिद्वन्द्वी थिए नेपाली कांग्रेसका हरिशंकर घर्ती । उनलाई ६ हजार ३० मतको फराकिलो अन्तरले पराजित गरिन् । घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरे ।

यस्तो उनको राजनीतिक यात्रा
कमला रोका १५ पुस २०३२ मा रुकुमको प्वाँङमा जन्मिएकी थिइन् । रुकुमको अति दुर्गम मगर किसान परिवारमा जन्मिएकी कमला लेखिका पनि हुन् । कथा तथा निबन्ध लेख्ने कमला अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित बृत्तचित्र ‘सारी सोल्जर’ की एक पात्र पनि हुन् ।

उनी २०४६ देखि नै राजनीतिमा लागेकी थिइन् । उनी १० कक्षामा पढ्दा पढ्दै भूमिगत भएकी थिइन् । २०५२ बाट तत्कालीन नेकपा माओवादीमा पूर्णकालीन भइ भूमिगत राजनीति सुरु गरेकी हुन् । उनी माओवादी सशस्त्र युद्धकी पहिलो छापामार बनेकी थिइन् ।

उनी ०५३ मा माओवादी जिल्ला समितिको सदस्य भएकी कमला रोका ०६१ मा माओवादीको केन्द्रीय सदस्य भएकी थिइन् । उनी अहिले माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य छन् ।

 

प्रतिकृया दिनुहोस