रूकुम पश्चिममा जनार्दन शर्माले लिए उच्च अग्रता, दोलखामा गुरुङ र सोलुमा राई अघि

Janadardan 1

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रूकुम पश्चिममा जनार्दन शर्माले लिए उच्च अग्रता लिएका छन् । यहाँ वाम गठबन्धनका शर्माले पछिल्लो मतपरिणाम अनुसार २ हजार ५ सय ६४ मत ल्याएका छन् ।

यहाँ नेपाली कांग्रेसका गोपालजीजंग शाहले ७ सय १५ मत मात्रै ल्याएका छन् ।

प्रदेशसभातर्फ पनि वाम गठबनधन अघि देखिएको छ । प्रदेश सभा क्षेत्र नं १ मा रातो कामी १ हजार २ सय १८ मतका साथ अग्र स्थानमा छन् भने नेपाली कांग्रेसमा कृष्ण रोकायले ५ सय २४ मत ल्याएका छन् ।

यता दोलखा जिल्लामा वाम गठबनधनका पार्वत गुरुङले सुरुवाती अग्रता लिएका छन् । गुरुङले ५ सय ५६ मत पाएका छन् भने नेपाली कांग्रेसका रुद्र खड्काले १ सय ३५ मत ल्याएका छन् ।

त्यसैगरी ८ बजे सार्वजनिक गरिएको मत परिणाम अनुसार सोलुखुम्बु जिल्लाको प्रतिनिधि सभातर्फ वाम गठबन्धनका हेमकुमार राईले ७ सय ४३ मत ल्याएका छन् । यहाँ लोकतान्त्रिक गठबन्धनका बलबहादुर केसीले ४ सय ३७ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस