धमाधम सुरुवाती मत परिणाम आउँदै, बाजुरामा बराबर मत

काठमाडौं । पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मत परिणामहरु आउने क्रम जारी छ ।

यसैक्रमममा केहीबेर अघि वाजुराको मत परिणाम आएको छ । यहाँ वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मत परिणाम बराबर आएको छ ।

जसमा बाजुराको प्रतिनिधिसभातर्फ वाम गठबन्धनका लालबहादुर थापा र नेपाली कांग्रेसका शिवराज पण्डितले ४ सय ७७ ल्याएका छन् ।

यता म्याग्दी प्रतिनिधिसभाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका भुपेन्द्र थापाले १ हजार ४ सय ५१ मत पाएका छन् भने नेपाली कांग्रेसका खमवहादुर गर्बुजाले १ हजार २ सय १९ मत ल्याएका छन् ।

यता मनाङको प्रतिनिधिसभातर्फ नेकपा एमालेका पोल्देन छोपेल गुरुङले २ सय ४९ मत पाएका छन् भने नेपाली काग्रेसमा टेकवहादुर गुरुङले १ सय ६४ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस