ताप्लेजुङमा योगेश र पूर्वी रुकुममा कमलाको अग्रता

काठमाडौं । प्रारम्भिक मतगणनामा ताप्लेजुङमा एमालेका योगेश भट्टराईले सुरुवाती अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार उनले प्रारम्भिक गणनामा १ हजार ३ सय १४ मत पाएका छन् । नेपाली कांग्रेसमा केशब प्रसाल दाहालले हालसम्म ६ सय ९३ मत पाएका छन् । त्यसैगरी संघीय समाजवादीको ७ र नयाँ शक्तिको ५२ मत रहेको छ ।

यता रुकुम पूर्वमा १ हजार १ सय ५९ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी कमला रोकाले ५ सय ३ मत पाउँदै सुरुवाती अग्रता लिएकी छन् ।

यहाँ नेपाली कांग्रेसका हरिशंकर घर्तीले २ सय ६५ मत ल्याएका छन् । नयाँ शक्ति पार्टीका जितमान पुनले २ सय ३२ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...