भोलाछेंमा एमाले र नेमकिपाबीच झडप
निशान न्युज
Mangsir 21, 2074
भक्तपुर । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत भक्तपुर नगरपालिका–६ भोलाछेंमा नेपाल मजदुर किसान पार्टी र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ ।
झडपमा पूर्ववडाध्यक्ष कृष्णराम थुसा, प्रकाश थुसा, केशव सत्ता, चन्द्रकेशरी कुसाथा, रामदेवी थुसालगायत १२ जना घाइते भएका छन् । भोलाछेंस्थित मतदान केन्द्रको करिब २०० मि नजिक भएको सो घटनाका कारण मतदान प्रक्रियामा कुनै अवरोध नआएको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले बताए । उनले भने, “मतदान केन्द्र नजिक सामान्य विषयमा झडप भए पनि मतदान प्रक्रिया सुचारु भइरहेको छ ।”
भोलाछेंस्थित मतदान केन्द्र बाहिर मतदातालाई मतदाता नं र क्रमसंख्या भिडाएर सहयोग गरिरहेका स्वयंसेवीलाई मतदानस्थल अवलोकनका लागि पुग्नुभएका भक्तपुर क्षेत्र नं १ प्रदेशसभा खमा वाम गठबन्धनका उम्मेदवार रोमन शिलाकारको टोलीमा सहभागीले एक्कासि आक्रमण गरेको नेपाल क्रान्तिकारी युवा संघका पूर्वअध्यक्ष प्रकाश थुसाले बताए ।
उनले भने, “स्वयम्सेवीहरूले कुनै पार्टीको प्रचार गरिरहेको होइन भन्दा पनि कुरै नसुनी ती उम्मेदवारसँग आएका गुण्डाहरूले महिला, वृद्धवृद्धा केही नभनी हातपात गरे, स्वयम्सेवीहरूलाई बचाउने क्रममा ममाथि पनि आक्रमण भयो ।” एमालेका जिल्ला नेता बालमुकुन्द सुवालले नेमकिपाले मतदातालाई प्रभावित गर्ने प्रयास भइरहेका अवस्थामा सामान्य विवाद मात्र भएको प्रतिक्रिया दिए ।
सम्बन्धित समाचार
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
संसदमा प्रधानमन्त्रीले भने, ‘शान्तिरानीको गीतले ढलेँ-ढलेँ, भन्ने गीत पार्टी उत्सवमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनु...
साताको लोकपृय
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
प्रतिकृया दिनुहोस