आजदेखि इतिहासको अर्काे अध्यायको शुरुवात : अध्यक्ष दाहाल
चितवन । नेकपा (माओवादी केश्न्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आजदेखि इतिहासको एउटा अध्यायको समापन र अर्काे अध्यायको शुरुवात भएको बताएका छन् ।
जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्यालय शान्तिपुरको (क) मतदान केन्द्रबाट मतदानपछि बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले निकै ठूलो संघर्ष र बलिदानपछि यहाँसम्म आइपुगेको बताए ।
अब राजनीतिक यात्राको होइन, विकासको यात्रा शुरु भएको भन्दै उनले यो निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्ने बताए ।
उहाँले भने, “यसले विकास निर्माणको निम्ति राम्रो वातावरण बन्छ र हामी त्यतातर्फ केन्द्रित हुन्छौँ ।” राजनीतिक स्थायित्वको पहिलो आधार यो निर्वाचन भएको भन्दै उनले नेपालको इतिहासमा धेरै संघर्ष र परिवर्तन हुँदा पनि कहिल्यै पनि सरकार पाँच वर्ष टिक्न नसकेको बताए । उनले भने “दिगो सरकार नहुँदा विकास निर्माणले गति लिन पाएन ।”
गठबन्धनद्वारा बहुमतको सरकार बन्ने र सबै विकास र समृद्धिको एजेण्डामा केन्द्रित हुने उनको भनाइ थियो । अध्यक्ष दाहालले भने “अब जसले भए पनि गठबन्धनले बहुमत ल्याउनुपर्छ, यसपटक वामपन्थीकै बहुमत आउँछ, त्यसमा शंका गर्नुपर्ने छैन ।”
यो परिवर्तनका निम्ति सबैभन्दा ठूलो विद्रोहको नेतृत्व आफूले गरेको भन्दै शान्ति सम्झौताको नेतृत्व पनि गिरिजाप्रसाद कोइराला र आफूले गरेको बताए ।
सशस्त्र द्वन्द्वपछि आफैँ हुर्केको गाउँबाट मतदान गर्न पाएकोमा निकै खुशी भएको भन्दै उनले भने, “एउटा नेतृत्वदायी भूमिका खेलेर आफैँले आफ्नो जिल्लामा मतदान गर्दा यहाँबाट स्थायित्व र समृद्धिको थालनी गर्न पाउँदा खुशी छु ।”
धेरै ठूलो राजनीतिक परिवर्तनपछिको महत्वपूर्ण क्षणमा रहेको भन्दै उहाँले यो निर्वाचन विगतको निर्वाचनको पुनरावृत्ति नभएको बताए । उनले भने “यो इतिहासमा पहिलोपटक हुन लागेको निर्वाचन हो, प्रत्येक मतदाताले एउटा उत्सवका रुपमा लिनुपर्छ । संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने क्षण हो ।”
यो निर्वाचनसँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन भएको भन्दै संघीयता कार्यान्वयनमा गइसकेको बताए । नेपालमा अहिले बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन राष्ट्रका लागि शुभसंकेत भएको उनले बताए । उनले भने “कोही चिन्तित हुनुपर्ने आवश्यकता छैन, दुईवटा गठबन्धन हुँदा जसले राम्रो काम गर्छ, उसले पाँच वर्ष सरकार चलाउँछ ।”
माओवादी केन्द्र र एमालेबीचमा निर्वाचनपछि पार्टी एकता हुने भन्दै उनले यसबाट कोही चिन्तित हुनु नपर्ने बताए । उनले भने “यो कसैका विरुद्धमा लक्षित छैन, राष्ट्र र जनताको पक्षमा छ, हामी चाहन्छौँ, काँग्रेसमा पनि पार्टी एकताको नयाँ प्रक्रिया अगाडि बढोस् ।”
उनले बिहान ७ बजेर १३ मिनेट जाँदा मतदान गर्नुभएको थियो । ठीक ७ बजे मतदानस्थलमा आउनुभएका दाहाल तयारी पूरा नभएकाले केही बेर मतदानको प्रतिक्षामा बस्नु परेको थियो । यसअघि भरतपुर महानगरपालिका–४ लक्ष्मी मावि केन्द्रबाट मतदान गर्नुभएका दाहालले पहिलोपटक आफू हुर्के बढेको ठाउँ भरतपुर–१४ बाट मतदान गर्नुभएको हो ।
उनले मतदान गरेको चितवन क्षेत्र नं ३ मा दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् ।
सम्बन्धित समाचार
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
संसदमा प्रधानमन्त्रीले भने, ‘शान्तिरानीको गीतले ढलेँ-ढलेँ, भन्ने गीत पार्टी उत्सवमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनु...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
प्रतिकृया दिनुहोस