प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान
धानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन् ।
विज्ञप्तिमा उनले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ – “सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु ।”
नेपालको संविधानअनुसार भोलि मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हँुदैछ । यसअघि मंसिर १० गते उच्च पहाडी र हिमाली ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको छ ।
सम्बन्धित समाचार
विपक्ष दल भन्छन्, तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशनको माग्छौं
काठमाडौं । सरकारले संसद् बोलाउनुपर्नेमा धमाधम अध्याादेश ल्याउन थालेपछि विपक्षी दलहरुले गम्भीर प्र...
लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
काठमाडौं । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छा...
१६ वटा प्रस्ताव पारित गर्दै सकियो माओवादी बैठक, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सुरुको ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयार...
पाठकलाई साधारण तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश
काठमाडौं । साइबर कसुरको आरोपमा पक्राउ परेकी शोभा पाठकलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छ...
राज्य व्यवस्था समितिबाट पनि निलम्बित भए लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित ...
कांग्रेस र एमालेले संविधान संशोधनको काम सुरु गर्ने
अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । गत आइतबार काठमाडौं महानगरपालिका– ३० को वडा सम्मेलनमा...
महोत्तरीका दलित बस्तीमा जाडो लछप्प : झुप्राभित्र ओढ्ने न ओछ्याउने
महोत्तरी । माघको पहिलो साता सकिनै लाग्दा बल्ल दुई दिनयता घाम देखिन थाले पनि महोत्तरीका अति विपन्न...
प्रतिकृया दिनुहोस