हवाई कारबाहीमा ९ जना आतङ्ककारी मारिए

Army in afganistan 1

अफनिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीको क्रममा नौ जना सशस्त्र आतङ्ककारी मारिएका छन् ।

यस कारबाहीको क्रममा ९ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।
नान्गाहार प्रान्तको आचिन जिल्लाको ओमोन क्षेत्रमा लुकेर बसेका आतङ्ककारी लक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिएका छन् । उनीहरुलाई तालिबानका लडाकूले संरक्षण दिएको पनि खुलेको छ ।

यस कारबाहीको क्रममा आइएस लडाकू लुकेर बस्ने गरेका दुईवटा वासस्थानसमेत ध्वस्त पारिदिएको प्राप्त समाचारमा जनाइएको छ ।

आचिन जिल्लामा आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ । अफगान र अन्तराष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीको क्रममा आइएसका सयौं सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका छन् ।

सो क्षेत्रमा अफगानिस्तानको सेनाले यसअघि पनि सशक्त कारबाही चलाएको थियो । जसका कारण दर्जनौँ लडाकूले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...