प्रचण्ड भन्छन्, मलाई प्रचण्ड बनाउने चितवन नै हो
निशान न्युज
Mangsir 18, 2074
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले जित सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको बताए ।
‘जनताले पहिल्यैदेखि प्रचण्ड चितवन आउनुपथ्र्यो भन्ने चाहना व्यक्त गरेका रहेछन् । मैले बल्ल बुझ्दै छु’ उनले भने ।
विकासको प्रचुर सम्भावना भएको जिल्ला भएकाले देशभरिका लागि एउटा नयाँ मोडेल प्रस्तुत गर्न आफू चितवनाट उम्मेदवार बनेको अध्यक्ष दाहालको भनाइ थियो । चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका दाहालले भने– ‘मेरो प्रतिस्पर्धी कोही छैन ।’
आफूले देश र जनताका लागि गरेको योगदानको जनताले मूल्यांकन गर्ने भन्दै उनले अब चितवनबाट विकास र समृद्धिको यात्रा शुरु हुने बताए । ‘यहीँको जनताले मलाई प्रचण्ड बनाएको हो, त्यो ऋण तिर्ने मेरो जिम्मेवारी छ’ अध्यक्ष दाहालले भने ।
सम्बन्धित समाचार
विपक्ष दल भन्छन्, तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशनको माग्छौं
काठमाडौं । सरकारले संसद् बोलाउनुपर्नेमा धमाधम अध्याादेश ल्याउन थालेपछि विपक्षी दलहरुले गम्भीर प्र...
लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
काठमाडौं । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छा...
१६ वटा प्रस्ताव पारित गर्दै सकियो माओवादी बैठक, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सुरुको ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयार...
पाठकलाई साधारण तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश
काठमाडौं । साइबर कसुरको आरोपमा पक्राउ परेकी शोभा पाठकलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छ...
राज्य व्यवस्था समितिबाट पनि निलम्बित भए लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित ...
कांग्रेस र एमालेले संविधान संशोधनको काम सुरु गर्ने
अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । गत आइतबार काठमाडौं महानगरपालिका– ३० को वडा सम्मेलनमा...
साताको लोकपृय
महोत्तरीका दलित बस्तीमा जाडो लछप्प : झुप्राभित्र ओढ्ने न ओछ्याउने
महोत्तरी । माघको पहिलो साता सकिनै लाग्दा बल्ल दुई दिनयता घाम देखिन थाले पनि महोत्तरीका अति विपन्न...
प्रतिकृया दिनुहोस