एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी अभियानमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ शनिबार सहभागी भए ।
नेता नेपाललगायत वाम गठबन्धनका उम्मेदवारलाई मत माग्ने उद्देश्यका साथ शुक्रबार आफ्नो निर्वाचन कार्यक्रम छोट्याएर काठमाडौँ आइपुगेका अध्यक्ष दाहाल शनिबार पेप्सीकोला क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा सहभागी हुनुभएको हो ।
अध्यक्ष दाहाल र नेता नेपालले पेप्सीकोला क्षेत्रमा करिब दुई घण्टा घरदैलो गर्दै स्थानीयसँग मत मागेका थिए ।
दुई पूर्वप्रधानमन्त्री मतदाताको घरदैलोमा पुग्दा स्थानीयले ताली बजाएर स्वागत गरेका थिए । घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विगत केही दिन अघिदेखि नै नेपालको चुनावीसभामा सहभागी हुने इच्छा भए पनि व्यस्तताका कारण नभ्याएको भन्दै सहभागी भएर मतदातासँग मत माग्न पाएकोमा खुशी व्यक्त गरे ।
उनले वाम गठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल पनि गर्नुभयो । “यस क्षेत्रका लागि मात्र होइन नेपालको राजनीतिका लागि पनि आवश्यक व्यक्ति हुनुहुन्छ माधव नेपाल,” प्रचण्डले भने, “यस्तो व्यक्ति तपाईहरुले प्राप्त गर्नुभएको छ । यो तपाईहरुको पनि गौरवको कुरा हो ।”
सभालाई सम्बोधन गर्दै नेता नेपालले फड्को हानेर जोखिम मोल्ने अर्थात राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताको व्यक्ति प्रचण्डलाई चुनावीसभामा सँगै पाउँदा आफूलाई खुशी लागेको बताए । उनले भने“हामी दुई फरकफरक आन्दोलनका प्रतिक हौँ” नेपालले भने, “अहिले एकै ठाउँ उभिएका छौँ ।”
सम्बन्धित समाचार
विपक्ष दल भन्छन्, तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशनको माग्छौं
काठमाडौं । सरकारले संसद् बोलाउनुपर्नेमा धमाधम अध्याादेश ल्याउन थालेपछि विपक्षी दलहरुले गम्भीर प्र...
लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
काठमाडौं । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छा...
१६ वटा प्रस्ताव पारित गर्दै सकियो माओवादी बैठक, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सुरुको ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयार...
पाठकलाई साधारण तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश
काठमाडौं । साइबर कसुरको आरोपमा पक्राउ परेकी शोभा पाठकलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छ...
राज्य व्यवस्था समितिबाट पनि निलम्बित भए लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित ...
कांग्रेस र एमालेले संविधान संशोधनको काम सुरु गर्ने
अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । गत आइतबार काठमाडौं महानगरपालिका– ३० को वडा सम्मेलनमा...
महोत्तरीका दलित बस्तीमा जाडो लछप्प : झुप्राभित्र ओढ्ने न ओछ्याउने
महोत्तरी । माघको पहिलो साता सकिनै लाग्दा बल्ल दुई दिनयता घाम देखिन थाले पनि महोत्तरीका अति विपन्न...
प्रतिकृया दिनुहोस