इलाममा ३२ सय कर्मचारी र ३ हजार सुरक्षाकर्मी परिचालन
नमूना मतदानमा शत प्रतिशत मत सदर
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दुई हजार २०४ कर्मचारी र एक हजार स्वयंसेवक गरी तीन हजार २०४ कर्मचारी परिचालन भएका छन् । प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, नामावली रुजु गर्ने कर्मचारी एक जना, तीन वटा मतपत्र दिने तीन जना अलगअलग तीन कर्मचारी, दुई जना सहयोगी र दुई जना स्वयंसेवक खटाइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि इलाममा दुई लाख चार हजार ४६ मतदाता छन् । जसमध्ये ९९ हजार ३५० महिला, एक लाख चार हजार ६९४ पुरूष र दुई जना तेश्रो लिंगी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यहाँको सुरक्षा व्यवस्था सबल, सुदृढ र मजबुत रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । चुनावी सुरक्षामा नेपाली सेनासहित, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन भएका छन् ।
निर्वाचन सुरक्षाका लागि तीन हजार सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष विष्णुकुमार पोखरेलले बताए ।
चुनावमा बाहिरी घेराबाट सुरक्षा प्रदान गर्न नेपाली सेनाले जिल्लाको चार स्थानमा सुरक्षा बेस क्याम्प राखेको छ । सेनाले आइतबारे, दानाबारी, मंगलबारे र इलाम सदरमुकाममा बेस क्याम्प राखेको छ ।
जिल्लाका ७२ वटा संवेदनशील मतदानस्थलमा भने सात जना म्यादी र तीन प्रहरी थप गरिनेछ । अतिसंवेदनशील क्षेत्रमा भने चार प्रहरी र १० म्यादी थप गर्ने सुरक्षा रणनीति बनाइएको छ । जिल्लाको दक्षिणी र पश्चिमी क्षेत्रका मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रको रूपमा लिइएको छ ।
जिल्लाका विभिन्न स्थानमा भएको नमूना मतदानमा शतप्रतिशत सदर मत खसेका छन् । जिल्ला निर्वाचन कार्यालयले जिल्लाका देउमाई, इलाम, सूर्याेदय नगरपालिका र चुलाचुली गाउँपालिकामा सञ्चालन गरेको नमूना मतदान कार्यक्रममा शतप्रतिशत सदर मत खसेका हुन् ।
बदर मतको संख्या घटाउने उद्देश्यले सञ्चालित नमूना मतदान कार्यक्रममा झण्डै एक हजारभन्दा बढीले मतदान गरेका थिए । “मंगलबारेमा पाँच/छ वटा मत बदर भए, नत्र कही पनि मत बदर भएनन्” जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले भने “यसपटक इलाममा विगतमा भन्दा मतदाता शिक्षा प्रभावकारी भएको पाइयो ।”
मतदातामा उत्साह र उमंग पनि पाइयो, केही स्थानमा धेरै ठाउँमा मत खसाल्नु पर्ने भएकाले एकाध मतदाता अल्मलिए, काफ्लेले भन्नुभयो । मतदाता शिक्षाका लागि कार्यालयले यहाँका १४४ वटा मतदानस्थलका दुई सय ६६ मतदान केन्द्रमा एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ ।
मताधिकार के हो ? भोट कसरी खसाल्ने ? कसो गर्दा मत बदर हुँदैन ? भन्नेलगायतका विषयमा मतदातालाई सिकाएपछि बदर हुनबाट जोगिएको हो, काफ्लेले भने ।
सम्बन्धित समाचार
विपक्ष दल भन्छन्, तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशनको माग्छौं
काठमाडौं । सरकारले संसद् बोलाउनुपर्नेमा धमाधम अध्याादेश ल्याउन थालेपछि विपक्षी दलहरुले गम्भीर प्र...
लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
काठमाडौं । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छा...
१६ वटा प्रस्ताव पारित गर्दै सकियो माओवादी बैठक, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सुरुको ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयार...
पाठकलाई साधारण तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश
काठमाडौं । साइबर कसुरको आरोपमा पक्राउ परेकी शोभा पाठकलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छ...
राज्य व्यवस्था समितिबाट पनि निलम्बित भए लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित ...
कांग्रेस र एमालेले संविधान संशोधनको काम सुरु गर्ने
अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । गत आइतबार काठमाडौं महानगरपालिका– ३० को वडा सम्मेलनमा...
महोत्तरीका दलित बस्तीमा जाडो लछप्प : झुप्राभित्र ओढ्ने न ओछ्याउने
महोत्तरी । माघको पहिलो साता सकिनै लाग्दा बल्ल दुई दिनयता घाम देखिन थाले पनि महोत्तरीका अति विपन्न...
प्रतिकृया दिनुहोस