दक्षिण सुडानमा जातीय झडपमा ४० जनाको मृत्यु  

Sudan

 

दक्षिण सुडान । दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामिण वस्तीमा विगत २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ ।

जोङलाईको सूचना मन्त्रालयले सिन्वा न्यूज एजेन्सीलाई फोनमार्फत दिएको जनाकारी अनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिएका छन् ।

उक्त समूहले ती गाउँबाट दर्जनौको सङ्ख्यामा बालबालिका तथा महिलालाई अपहरण गरी लगेका बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...