बुवाआमा भेट्न २ बालकले गरे बसको तल बसेर ८० किलोमिटर यात्रा

Chin 12

चीन । चीनका दुई बालकले आफ्ना अभिभाव भेट्नका लागि बसको तल चक्काको छेउमा लुकेर ८० किलोमिटर यात्रा गरेका छन् ।

बसको तल लुकेर यात्रा गरेका बालकको तस्बिर सार्वजनिक भएपछि चीनमा बालबालिकाको अधिकारी तथा उनीहरुको सुरक्षाको विषयलाई लिएर सामाजिक सञ्चालमा चर्चा सुरु भएको छ ।

चीनको सरकारी सञ्चारमाध्यमले बसको तल बसेर यात्रा गर्ने दुई बालकको नाम सार्वजनिक गरेको छैन । उनीहरु दक्षिणी गुएङझीबाट अभिभावक भेट्नका लागि बसको डिक्कीमा लुगेर गुएङदोङ प्रान्त गएका हुन् ।

उनीहरु नोभेम्बर २३ मा हराएको उनीहरुका शिक्षकले बताएका थिए । ती दुई बालक त्यही दिन बस पार्कमा बसको तल भेटिएका हुन् । तस्बिर तथा भिडियोमा दुई बालक हिलोले लत्तपतिएको देखिन्छ । उनीहरु बसको तल्लोभागमा रहेको भागमा बसेर ८० किलोमिटर यात्रा गरेका हुन् ।

साउथर्न मर्निङ पोस्टका अनुसार दुई बालक ८ वा ९ वर्षका छन् । ती बालकलाई सुरक्षाकर्मीले गाडी जाँचका लागि रोकेका बेला देखेका हुन् । बसको तल बालक देखेपछि बसका कर्मचारी अचम्मित भएका थिए ।

दुई बालकले आफ्नो बुवाआमालाई निकै सम्झिएको र उनीहरुलाई भेट्नका लागि बसको डिक्कीको सहारा लिएको पत्रिकाले उल्लेख गरेको छ ।

उनीहरुको आर्थिक अवस्था कमजोर रहेको पनि जनाइएको छ । ती बालकलाई नोभेम्बर २३ कै दिन आफन्तको जिम्ममा लगाइएको थियो ।

तर त्यसपछि उनीहरुको तस्बिर सामाजिक सञ्जालमा सेयर भएको छ र यसले बालबालिकाको सुरक्षाको विषयलाई लिएर चर्चा सुरु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...