प्रचण्डका नजरमा सबै युवा युवती जति ‘प्रकाश’

Prachanda chitwan

चितवन । एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यतिवेला पुत्र प्रकाश दाहालको पुत्र शोकमा छन् । पुत्र शोकमै भए पनि प्रचण्ड चुनावी अभियानमा छन् ।

आफ्नो गृहजिल्ला चितवनमा रहेका प्रचण्डले देशका सबै युवायुवती आफ्नो छोरा जस्तै रहेको बताएर माडीका युवालाई निक्कै मर्माहित बनाएका छन् ।

दक्षिण चितवनको माडीमा आइतवार साँझ भएको चुनावी सभामा प्रचण्डले आफ्नो छोरा विते पनि अबका दिनका देशभरका युवा युवतीलाई आफ्नै छोरा सम्झिने बताए । ‘तपाईंहरुलाई थाहा भयो होला, हाम्रा एक मात्र छोरा प्रकाशको हृदयघातले निधन भयो’ प्रचण्डले भने, ‘अब मेरा लागि नेपालका प्रत्येक युवा–युवती प्रकाश हुन् ।’

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका दाहालले अबको जीवन तिनै छोराछोरीको भविष्य निर्माणमा खर्चिने संकल्प लिएको बताए ।

चुनावी अभियानका क्रममा अध्यक्ष दाहालले स्थानीय जनतासँग अन्तरक्रिया र स्थानीयवासीका समस्याबारे चासो राखेका थिए । सो अवसरमा कलाकारहरु बद्री पंगेनी, चेतन सापकोटा लगायतले जनवादी गीत–संगीत प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...