जनता भन्छन् खानेपानी, नेता भन्छन् राजधानी

Dharan 1

धरान । सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवारले धरान बजारलाई राजधानी बनाउने मुख्य चुनावी मुद्दा बनाइरहेको सन्दर्भमा यहाँका जनताले भने खानेपानीको माग गरेका छन् ।

सुनसरी क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जयकुमार राई र लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अशोक राईले धरान बजारलाई प्रदेश नम्बर १ को राजधानी बनाउने विषयलाई पहिलो चुनावी मुद्दा बनाएका छन् ।

तर जनताले भने राजधानीभन्दा पनि बाटो÷घाटो, पुल, खानेपानी, रोजगारी, स्वास्थ्य र शिक्षालाई पहिलो मागका रूपमा अघि सारेका छन् । ‘अहिले हाम्रो नभई नहुने आवश्यकता भनेको सडक हो, यही सडक राम्रो भएको खण्डमा गाउँको उत्पादन धरान बजारसम्म पु¥याउन सकिन्छ, आम्दानी गर्न सकिन्छ, सजिलोसँग शहरसम्म पुग्न सकिन्छ’ – धरान उपमहानगरपालिका–४ शिवजट्टाका प्रेमलाल राईले भने ।

धरान उपमहानगरपालिका–४ शिवजट्टाका धीरन राईले यहाँ अहिले हामीलाई खानेपानीको समस्या छ, यही पानीको व्यवस्था भएको खण्डमा राम्रोसँग कृषि उत्पादन गर्न सकिन्छ भने ।

प्रेम र धीरन जस्तै धरान उपमहानगरपालिकाका अधिकांश जनताको माग खोलामा पुल, बाटो र खानेपानीमा जोड दिएका छन् ।

वाम गठबन्धनका उम्मेदवार राईले आफूले जितेको खण्डमा मात्र धरान १ नम्बर प्रदेशको राजधानी बन्न सक्ने दाबी गरे । सुनसरीमा आगामी मंसिर २१ गते चुनाव हुँदैछ । राई ।नेकपा ९एमाले० जिल्ला सदस्य एवं धरान सहइञ्चार्ज हुन् ।

अशोक संघीय समाजवादी फोरमका वरिष्ठ नेता हुन् । त्यसैले लोकतान्त्रिकका साझा उम्मेदवार अशोक राईले ऐतिहासिक रूपले नै धरान राजधानी रहेको हुँदा अब संघीयतामा पनि १ नम्बर प्रदेशको राजधानी बनाउने बताए ।

प्रदेशसभा ९क० मा वाम गठबन्धनको तर्फबाट एमालेका जिल्ला सचिवालय सदस्य एवं धरान इञ्चार्ज प्रदीप भण्डारी र प्रदेशसभा ९ख० मा एमालेका प्रभावशाली नेता केन्द्रीय सचिव एवं पूर्व पर्यटनमन्त्री भीम आचार्य हुन् ।

त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट प्रदेश (क) मा नेपाली काँग्रेस धरानका निवर्तमान सभापति किशोर राई र प्रदेशसभा (ख) मा पनि लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका पूर्वजिल्ला सचिव बुद्धिबहादुर कटवाल उम्मेदवार हुन् ।

धरान उपमहानगरपालिकासहित सुनसरीको निर्वाचन क्षेत्र नं १ लाई नेकपा माओवादी केन्द्० र नेकपा एमालेको पकटका रूपमा हेरिन्छ । यो क्षेत्रमा पहिलो संविधानसभा र त्यसपछिका सबै निर्वाचनमा माओवादी र एमाले नै विजयी हुँदै आएको छ ।

यो क्षेत्रमा अन्य क्षेत्रीय पार्टीबाट पनि उम्मेदवारी छ । २०७० मा एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादीले तेस्रो मत पाएको थियो भने तत्कालीन संघीय समाजवादी पार्टीले ३ हजार ५ सयको हाराहरीमा मात्र मत पाएको थियो ।

गएको स्थानीय तह निर्वाचनमा हालको निर्वाचन क्षेत्र १ मा एमालेको ३० हजार, काँग्रेसको २४ हजार, माओवादी केन्द्रको १५ हजार र समाजवादी फोरमको ५ हजार हाराहारीमा मत पाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...