पर्यटनसँग साइनो देखाएर मतदाता प्रभावित पार्दै उम्मेदवार  

Pokhara mtdan

 

पोखरा । हिमाल र पद्यात्रा मार्गका कारण विश्वव्यापी रुपमा नै ख्याती कमाएको कास्की क्षेत्र नं ३ का पर्यटकीय भू–भागमा यतिखेर उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् ।

संसारकै उत्कृष्ट राउण्ड अन्नपूर्ण पद्मार्गका अधिकांश भू–भागमा पर्ने अन्नपूर्ण गाउँपालिका र पोखराको पर्यटनको महत्वपूर्ण प्राकृतिक आधारस्तम्भ माछापुच्छ्रे हिमाल रहेको माछापुच्छ्रे गाउँपालिका यही निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ ।

चराजस्तै प्याराग्लाइडिङ गरी उड्ने ठाउँ पोखराको सराङ्कोट र यहाँस्थित फेवाताल पनि यहीं पर्दछ । पोखरा–लेखनाथ महानगरपालिकाअन्तर्गतका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नं वडा यही निर्वाचन क्षेत्र अन्तर्गत पर्दछन् ।

तीन निर्वाचन क्षेत्र भएको कास्कीका कूल २ लाख ५५ हजार ४५२ मतदातामध्ये आसन्न मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यस क्षेत्रबाट कुल ८८ हजार ७१७ मतदाताले मतदान गर्दैछन् । जिल्लाकै महत्वपूर्ण पर्यटकीय क्षेत्र भएका कारण मूल रुपमा पर्यटनकै नारा लिएर उम्मेदवार घरदैलोमा गएको घान्द्रुकका मतदाता रविन गुरुङले बताए ।

‘यहाँका पदमार्गको स्तरोन्नति, आवश्यक पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र ऊर्जाको विकास गर्छौं भन्दै उम्मेदवारले भोट माग्नु भएको छ,’ उनले भने, ‘उम्मेदवारको पहिलो प्राथमिकतामा भने पर्यटन पर्ने गरेको छ ।’

नेपाली काँग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसका शुक्रराज शर्मा र वाम गठबन्धनका जगत विश्वकर्मा चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

कास्की क्षेत्र नं ३ को आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन नै भएको काँग्रेसक उम्मेदवार शर्मा बताउँछ । ‘यस क्षेत्रमा पर्यटकको आगमनलाई बढाउन पद्मार्गको स्तरोन्नति, होटल तथा आवश्यकताअनुसार होमस्टेको विकासलाई हामीले उच्च प्राथमिकतामा राखेको छौँ’ उनले भने ।

उपलब्ध जलस्रोतको अधिकतम उपयोगमार्फत जलविद्युत् आयोजनाको विस्तार, जडीबुटीको उपयोग र कृषिको आधुनिकीकरणलाई अघि बढाइने उनले बताए । अन्नपूर्ण, माछापुच्छ्रे हिमचुली र गंगापूर्णबाट बग्ने मोदी खोला, मर्दी, सेती र लस्ती जस्ता खोलाबाट जलविद्युत् आयोजना सञ्चालन गर्न सकिन्छ ।

विश्वमा नै चर्चा कमाएका पदमार्ग यही क्षेत्रमा पर्ने भएकाले पदमार्गको स्तरोन्नति पनि उम्मेदवारका लागि भोट माग्ने माध्यम बनेको छ । यहाँको नयाँ पुलदेखि वीरेठाँटी– घान्द्रुक, नयाँपुल, विरेठाँटी , तिखेढुंगा, उल्लेरे, घोरेपानी, नयाँपुलदेखि घान्द्रुक हुँदै छोम्रोङदेखि अन्नपूर्ण बेसक्याम्पसम्मको पदमार्ग निकै चर्चित पदमार्ग हो भने अन्य विभिन्न पदमार्ग पनि महत्वपूर्ण छन् ।

घान्द्रुक, छोम्रोङ, झिनु, लान्द्रुक, वीरेठाँटी, नयाँपुल, ताञ्चोक, लुम्ले, ठूलाखर्क, पोथना, मिर्सागाउँ र धम्पुसको हेम्जाकोट तथा घाचोकका विभिन्न गाउँले स्वदेशी एवम् विदेशी पर्यटकलाई लोभ्याउने गरेका छन् ।

यस क्षेत्रमा पर्ने अन्नपूर्ण पहिलो, माछापुच्छ्रे हिमाल आदि पर्यटक लोभ्याउने प्रकृति पदत्त उपहार हुन् । फेवातालसहित माछापुच्छ्रे अन्नपूर्ण जस्ता हिमालका कारण यस क्षेत्रमा पर्यटन विकासको प्रचुर सम्भावना भएको वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जगत विश्वकर्मा बताउँछन ।

पर्यटकको आगमनलाई बढाउनुका साथै यहाँ आउने जो कोही पर्यटकलाई स्वस्थ खाना खुवाउन कृषिको व्यवसायीकरणको पनि सँगसँगै विकास गरिनुपर्ने उनले बताए । ‘पर्यटन, ऊर्जाका साथै कृषिको आधुनिकीकरणका माध्यमबाट यहाँका जनतालाई समृद्ध बनाउन सकिन्छ’– उनले भने । यस क्षेत्रका केही वडामा लघु जलविद्युत् आयोजना पनि सञ्चालन गरिएको छ ।

सांस्कृतिक रुपमा सम्पन्न रहेको यस क्षेत्रको अन्नपूर्ण आधारशिविर जाने मार्गमा पर्ने पूजनीयम् बराज जस्ता महत्वपूर्ण धार्मिकस्थलको विकास गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सक्ने देखिन्छ ।

यहाँका लेकमा पाइने पाँचऔंले, सतुवा, वन लसुनजस्ता जडीबुटीका साथै टुसाको व्यापार पनि आय आर्जनको महत्वपूर्र्ण स्रोत बन्ने देखिन्छ । यहाँका आलुको लागि प्रसिद्ध हेम्जाका साथै घाचोकको काङमाङ र लम्साल फाँट, लाहाचोकको फाँट, माछापुच्छ्रेको काउरे फाँट, सार्दीखोला र रिभानका फाँट व्यवसायिक कृषिका सम्भावनायुक्त ठाउँ हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...