भारतमा पत्रकारको हत्यागर्ने सैनिक अधिकारी पक्राउ

Pakrau bnepa

नयाँ दिल्ली । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गर्ने सैनिक अधिकारीलाई पक्राउ गरिएको समाचार छ ।

प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको थियो । उनी एक सैनिक जवानको गोली लागेर मारिएका बताइएको थियो ।

त्रिपुरा राज्याको अर्ध सैन्यबलको मुख्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयको अर्ध सैन्य बलका एकजना कनिष्ठ अधिकारीले उनलाई गोली हानेको बताइएको छ ।

सो मुख्यालयका सैनिक कमाण्डेन्ट अफिसर तपन देव बर्माले आफ्ना अङ्गरक्षकलाई नै ती पत्रकारलाई गोली हान्न आदेश दिएका खुलेको छ ।

उनका अङ्गरक्षकलाई बुधबार नै पक्राउ गरिएको थियो । उनकै बयानका आधारमा सैनिक अधिकारी बर्मालाई बिहीबार पक्राउ गरिएको समाचरमा जनाइएको छ । उनलाई आज नै मुद्दा हेर्ने अधिकारीकोमा उपस्थित गराइएको छ ।

सुदिप दत्त भौमिक नाम गरेका ४८ बर्षका ती पत्रकार भारतीय दैनिक पत्रिका सिन्दन दैनिकका वरिष्ठ समाचारदाता थिए । उक्त पत्रिका बङ्गाली भाषाको पत्रिका हो ।

त्रिपुरा प्रहरीले उक्त दुर्घटनाको कारणका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । वरिष्ठ प्रहरी अधिकारी सप्तऋषिले भन्नुभयो– प्रहरी हेड क्वाटरमै यो हत्या कसरी हुन पुग्यो भनेर अनुसन्धान सुरु गरेको छ ।

सो दैनिक पत्रिकाका सम्पादक सुबल कुमार दायले उक्त प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति लिएर नै आफ्नो सम्वाददाता सो कार्यालयमा गएको जानकारी दिएका छन् ।

उनले केही स्थानीय सञ्चारमाध्यममा भने छ– भौमिकले उक्त प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति र समय लिएर नै त्यहाँ गएको तर उनीमाथिको भ्रष्टाचारको विरुद्धमा सूचना लिन गएको बेला आफ्ना अङ्ग रक्षकलाई गोली हान्न लगाएको पछि पत्ता लागेको छ ।

यसअघि भने उक्त मुख्यालयका प्रमुखको अङ्गरक्षक सुरक्षा गार्डले उनीसँगको सामान्य वादविवादपछि गोली हानेको बताइएको थियो । तर पछि उनले आफूलाई आफ्नै हाकिमले गोली हान्न आदेश दिएको बयान दिएका छन् ।

यो पत्रकार हत्याको घटना दुई महिनाअघि एकजना टेलिभिजनका पत्रकारको हत्यापछि भएको छ । २ महिनामात्र अघि एक आन्दोलनको समाचार सङ्कलनका क्रममा आन्दोलनकारीले टिभी पत्रकारको त्रिपुरामा नै हत्या गरिएको थियो ।

त्यसको महिनादिनमात्र अघि पनि एकजना महिला सम्पादकको हत्या भएको थियो । उनको हत्या भने आफ्नै घरको भान्सा कोठामा भएको थियो ।

भारतमा पछिल्लो समयमा पत्रकार हत्याका घटनामा बृद्धि भइरहेको पाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...