विप्लवका सबै कार्यकर्ता भूमिगत !

Netrabikram 6

काठमाडौं । १० वर्ष सशस्त्र संघर्ष गर्ने एक नेतामा गनिन्छन् नेत्र विक्रम चन्द । उनी केही समय तत्कालीन विद्रोही माओवादीभित्र निक्कै राम्रो प्रभाव थियो चन्दको ।

तिनै चन्द हुन्, जसले ठूल्ठूला आक्रमणको नेतृत्व गरे, आक्रमणका योजनाहरु बनाए । आज तिनै चन्द आफ्नै नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट तत्कालीन विद्रोही माओवादी कै शैलीमा सशस्त्र संघर्षमै रहेका नेताहरु लक्षित गरेर बम विष्फोट गराइरहेका छन् । उनको पहिलो प्रहार नै तत्कालीन माओवादी परे ।

अहिले संविधान कार्यन्वयनको प्रारम्भ हुन लाग्दा नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले आफ्ना गतिविधि तीव्र बनाएको छ । त्यही क्रममा नेकपाले विभिन्न स्थानहरुमा बम विष्फोट गराइरहेको छ भने आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण हुन नसक्नेतर्फ इंगित गरिरहेको छ ।

यता सरकारले यही बहानामा नेकपाका सयौ कार्यकर्तालाई पक्राउ पनि गरिरहेको छ । गृहमन्त्रालयका अनुसार अहिलेसम्म ३ सय ५ जना कार्यकर्ता पक्राउ परेका छन् । केही केन्द्रीय र जिल्ला स्तरका नेताहरु पनि पक्राउ परेका छन् ।

तर, प्रहरीले ती सबैलाई नेकपामा संलग्नता रहेको आरोपमा मात्रै पक्राउ गरेको छ अहिलेसम्म उनीहरुका साथबाट त्यस्ता केही हातहतियार पनि पक्राउ गरेको छैन । ३ सय ५ जना पक्राउ गर्दा पनि केही बरामत नगरेपछि प्रहरी नै अन्योलमा परेको छ ।

प्रहरीका विभिन्न गुप्तचर निकायहरुले विप्लदसँग कम्तिमा पनि १ हजार लडाकु रहेको विवरण दिएका छन् । १ हजारभन्दा बढी लडाकु हुनु सामान्य कुरा होइन, त्यही भएर प्रहरीले विप्लवले थप हिंसा नमच्चाउन भनेर सुरक्षा सतर्कता अपनाएको बताएको छ ।

तर, प्रहरीले नेकपाका कार्यकर्ता धमाधम पक्राउ गर्न थालेपछि सबै नेता तथा कार्यकर्ता भूमिगत भएका छन् । अहिले सबै कार्यकर्ता भूमिगत बन्न थालेपछि सुरक्षा निकायलाई आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन कठिन बन्दै गएको छ ।

नेकपामा आस्था राख्ने कार्यकर्ताहरु पनि सतर्क रहन थालेका छन् । स्थानीय निकायको निर्वाचनमा स्वेच्छाले गिरफ्तारी दिएका कार्यकर्ताहरु जति सबै भूमिगत भइसकेका छन् । केही समयअघि सम्पन्न नेकपाको केन्द्रिय समितिको बैठकले योपटक गिरफ्तारी नदिन र सकभर पक्राउ पर्नबाट बच्न निर्देशन दिएको थियो ।

नेकपाले प्रारम्भमा माओवादीले राप्रपा र नेपाली कांग्रेसका नेताहरुलाई आक्रमणको निसाना बनाउने निर्णय गरेका थिए । तर, झण्डै दुईसाता अघिदेखि उनीहरुले वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी विभिन्न प्रकारका बम विष्फोट गराउँदै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...