विकास र रोजगारी पहिलो प्राथमिकता : अर्थ राज्यमन्त्री राणा

Udaya rana

ललितपुर । अर्थ राज्यमन्त्री एवंम् लोकतान्त्रिक गठबन्धनबाट ललितपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशम्शेर राणाले विकास र रोगजारी आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रचारप्रसारको क्रममा आज गोदावरीको घरदैलो कार्यक्रममा बोल्दै उनले चुनावपछि देश आर्थिक समृद्धितर्फ अग्रसर हुने बताए ।

जनताले चाहेका विकास र रोजगारी प्राथमिकतामा राखिने उनको प्रतिबद्धता थियोे । दोस्रो संविधानसभामा यस क्षेत्रबाट निर्वाचित भएर विकासका धेरै काम गरिसकेको स्मरण गर्दै उनले त्यसलाई निरन्तरता दिने बताए ।

कृषि उत्पादनतिर पहिलो कदम चालेर घर–घरमै रोजगारीको सिर्जना गरिनुपर्नेमा उनको जोड थियो । लोकतान्त्रिक गठबन्धनको विजयीले मात्र संविधानको पूर्ण कार्यान्वयन र देशले आर्थिक विकासमा फड्को मार्नसक्ने उनको दाबी थियो । ‘जनताको सेवा नै मेरो मूल मर्म हो’–उनले भने ।

गठबन्धनका तर्फबाट क्षेत्र नं १ ख का प्रदेशसभा सदस्यका उम्मेदवार मीनकृष्ण महर्जनले खेलकुदको माध्यमबाट देशको आर्थिक उन्नती हुनसक्ने बताए । ‘खेल क्षेत्र त्यस्तो माध्यम हो जसले राष्ट्रलाई विश्व सामु चिनाउन सक्छ’–उनले भने । पानी, बाटो, सिँचाइ, कृषिलगायतका क्षेत्रमा विकास गर्नुपर्ने यस क्षेत्रका मतदाताको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...