काठमाडौं १ मा त्रिपक्षीय भीडन्त

अन्त्यमा कसले मार्ला बाजी ?

Ktm 1

काठमाडौं । आगामी मंसिर २१ मा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ मा त्रिपक्षीय भीडन्त हुने देखिएको छ ।

यसअघिका दुई वटा संविधान सभाको निर्वाचनमा जित हात पारेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले योपटक दुई जनासँग बलिया उम्मेदवारसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था आएको छ । यसअघि दुवै संविधान सभाको निर्वाचनका भारी मतान्तरले विजयी भएका श्रेष्ठलाई यो पटक भने जित हात पार्न पनि कठिन देखिएको छ ।

गणेशमान सिंह पुत्र प्रकाशमानलाई योपटक बीवीसी नेपाली सेवा छोडेर विवेकशील साझा पार्टी खोलेर प्रतिनिधि सभाका उम्मेदवार बनेका पत्रकार रविन्द्र मिश्र र बामगठबन्धनका उम्मेदवार अनिल शर्माले चुनौती दिइरेका छन् ।

काठमाडौं महानगरपालिकाको १०, ११, २९ र ३१ नम्बर वडा रहेको यो क्षेत्र स्थानीय तहको निर्वाचनमा ३ वटामा कांग्रेस र एउटा वडामा एमालेले वडाअध्यक्ष हात पारेको थियो । स्थानीय निकायको निर्वाचनमा २३ हजार ८ सय ३ मत खसेकोमा बामगठबन्धनले १० हजार ९ सय ८८ मत ल्याएको थियो ।

त्यसबेला लोकतान्त्रिकले १० हजार ३ सय ८२ मत प्राप्त गरेको थियो । लोकतान्त्रिकको भन्दा बामको मत ६ सय ७ ले बढी देखिन्छ । यहाँ अन्य दलले २ हजार ४ सय ३३ मत प्राप्त गरेका थिए । तर, पछिल्लो पटक वाम गठबन्धनबाट उम्मेदवार बनेका शर्मा र विवेकशीलका मिश्रको प्रचार शैली राम्रो रहेकाले पनि सिंह संकटमा परेका छन् ।

करिव ४० हजार भन्दा बढी मतदाता रहेको काठमाडौं क्षेत्र नं. १ मुलुककै सबभन्दा बढी सुगम मानिन्छ । सुगम भएकाले पनि मिश्रले प्रचार शैलीलाई तीव्र बनाएका छन् । सबैभन्दा बढी उनी सामाजिक सञ्जालमा छाएका छन् । प्रचार शैली फरक भएकै कारण स्थानीय तहको निर्वाचनमा विवेकशीलकी रन्जु दशर्नाले निक्कै चर्चा बटुलेकी थिइन् ।

यसरी फकाउँदै छन् मतदाता
सुगम ठाउँका मतदाता फकाउन सिंह, मिश्र र शर्माले अनेकौं सपना बाढिरहेका छन् । सिंहले आफुले सांसद कोषबाट राम्रा राम्रा काम गरेको दावी गरिरहेका बेला वाम गठबन्धनका उम्मेदवार शर्माले फोहोर तथा ढल व्यवस्थापन, हरियाली प्रवद्र्धन, प्रदुषण नियन्त्रण, ढलमुक्त विष्ण, रुद्रमती, इच्छुमती नदीका कुरा उठाएका छन् ।

उनको भन्दा कम छैन मिश्रको पनि । उनी पूरानो पार्टीका नेताहरुबाट जनता आजित भइसकेका कारण जनताले यो पटक नयाँ र विचार भएका पार्टीलाई मत दिने विशवासमा छन् ।

संविधानसभा निर्वाचनमा निर्वाचित भएर पनि जनताको काम नगरेको विपक्षी नेताहरुले आरोप लगाइरहेका बेला सिंहले भने यस क्षेत्रको विकास निर्माणलगायतका प्रशस्त काम गरेको दाबी गर्छन् । ‘जनताका विकास निर्माणका कार्यमा सक्रिय भइरहे’ उनले भने, ‘कांग्रेसको किल्ला यहाँका जनताले भत्काउँदैनन, मेरो जित सुनिश्चित छ, ढल, सडक निर्माणमा सक्रिय छु ।’

सांसद विकास कोष र निर्वाचन क्षेत्र कार्यक्रममार्फत मात्र नभएर उनले विभिन्न संघ संस्था र राजदूतावासबाट विकासको लागि लगानी जुटाएको सिंह बताउँछन् ।

विवेकशीलका उम्मेदवार मिश्रले मतदाताले आफ्नो एजेण्डालाई मन पराएकाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । ‘भोट दिनेले सधैं दुस्ख पाइरहने र भोट पाउने सुख पाइरहने पुनः उही व्यक्ति निर्वाचित हुने प्रवृत्तिको अन्त्य हुनुपर्छ’ उनी भन्छन्, ‘अस्थिरता, भ्रष्टचारविरुद्ध मेरो उम्मेदवारी हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...