के विप्लवले युद्ध सुरु गरेकै हुन् ?

प्रकाण्ड भन्छन्, यो जनयुद्धको काष्टिङ मात्र हो

Netra bikram

काठमाडौं । संविधान कार्यन्वयनको प्रारम्भ हुन लाग्दा नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले आफ्ना गतिविधि तीव्र बनाएको छ ।

केही समयअघि नेकपा माओवादीका अध्यक्ष नेत्र विक्रम चन्दले युद्ध गर्ने समय आइसकेको बताएका थिए । त्यसयता अर्ध भूमिगतझै बनेका चन्दले प्रतिनिधि सभा र प्रदेश सभाको मिति नजिकिँदै गर्दा हिंसात्मक गतिविधि तीव्र बनाएको छ ।

प्रारम्भमा माओवादीले राप्रपा र नेपाली कांग्रेसका नेताहरुलाई आक्रमणको निसाना बनाउने निर्णय गरेका थिए । तर, झण्डै डेढसाता अघिदेखि उनीहरुले वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी विभिन्न पकारका बमरु विष्फोट गराउँदै आएका थिए ।

माओवादीले वाम गठबन्धनका उम्मेदवार, विषेशगरी माओवादी केन्द्रका नेताहरुलाई आक्रमणको निसाना बनाएका थिए । तर, शुक्रबारदेखि माओवादीले नेपाली कांग्रेसका उम्मेदवारलाई लक्षित गरी बम प्रहार गर्न थालेका छन् ।

शुक्रबार मात्रै पूर्व अर्थमन्त्री रामशरण महत चढेको गाढीलाई लक्षित गरी प्रेसर कुकर बम प्रहार गरेका थिए । सो घटनामा महत सकुसल रहे पनि नेपाली कांग्रेसमा ५ जना कार्यकता घाइते भएका थिए । महतमाथि भएको सो आक्रमणको १ दिन वित्न नपाउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललार्य लक्षित गरी शनिवार तनहुँमा बम प्रहार भएको छ ।

पौडेल चढेको गाडीमा शनिबार तनहुँको भानु नगरपालिका १० कालिमाटीमा वम विस्फोट भएको थियो पौडेल गोरखाको पालुङटारमा कांग्रेस र नयाँ शक्ति पार्टीको संयुक्त चुनावी सभालाई सम्बोधन गरेर लमजुङ जाने क्रममा उनी चढेको बा १३ च ३७४६ नम्बरको गाडीमा वम विस्फोट भएको हो ।

वम विस्फोटबाट पौडेलको गाडीको सीसा फुटेको छ । अगाडि सिटमा बसेका पौडेललाई भने सकुशल छन् । घटनामा पौडेलको स्कर्टिङमा रहेका एक जना प्रहरी घाइते भएका छन् ।

माओवादीले दिनदिनै उम्मेदवारमाथि बम प्रहार गर्न थालेपछि यसलाइृ कतिपयले माओवादीले अर्काे जनयुद्ध सुरु गरेको आँकलन गर्न थालेका छन् ।

तर, माओवादीका प्रवक्ता प्रकाण्डले भने यसलाई तत्काल युद्ध भनिहाल्न नमल्निे बताए । उनले यो जनयुद्धको प्रारम्भिक रुप भएको र राज्यले आफ्नो आतंक नरोके जनयुद्धको सम्भावनालाई कसैले रोक्न नसक्ने प्रतिक्रिया दिए ।

प्रवक्ता प्रकाण्डले निर्वाचन विथोल्न भन्दा पनि राज्यले नेपाली जनतालाई गरेको शोषणविरुद्ध लक्षित भएको बताए । उनले यसलाई जनयुद्धको काष्टिङको रुपमा बुझ्न सरकारलाई चेतावनी पनि दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...