बागीले झण्डा बोक्दा मन्त्री टेन्सनमा

Flag 1

सल्यान । निर्वाचनको माहोलले सल्यान तातेको छ । त्यो त स्वभाविकै हो । तर, सल्यानमा भने बागी उम्मेदवारले झण्डा बोक्दा वाम गठबन्धनलाई टेन्सन भएको छ ।

सल्यानमा वाम गठबन्धनविरुद्ध वाम नेताकै बागी छ । सल्यानमा शतप्रतिशत वागी उम्मेदवार बनेपछि वाम शक्तिलाई जित्न निक्कै सकस परेको छ । त्यसमा पनि वागीले पार्टीको आधिकारिक झण्डा बोकेर प्रचार प्रसार गरिरहेकाले वाम उम्मेदवार संकटमा परेका छन् ।

जिल्लामा प्रतिनिधिसभामा गठबन्धनबाट बिनाविभागीय मन्त्री टेकबहादुर बस्नेतविरुद्ध उमाकान्त शर्माले उम्मेदवारी दिएका थिए । प्रतिनिधि सभामा मात्रै होइन, प्रदेश सभाका उम्मेदवारले पनि बागीको सामना गर्नुपर्ने भएपछि उनीहरुलाई जित हात पार्न फलामको चिउरा चपाउनुसरह बनेको छ ।

जिल्लाको प्रदेश ‘क’ मा गठबन्धनबाट गुलाबजंग शाहलाई बागीबाट उम्मेदवारी दिएका माओवादी पोलिटव्यूरो सदस्य भीमप्रसाद शर्माले उम्मेदवारी दिएपछि शाहलाई जित हात पार्न निक्कै कठिन हुने देखिएको छ । जिल्लामा शाह भन्दा शर्मा अलिक चर्चित व्यक्ति हुन् ।

त्यसैगरी प्रदेश ‘ख’ मा वाम गठबन्धनबाट नेकपा एमालेका प्रभावशाली नेता प्रकाश ज्वालाले उम्मेदवारी दिएका थिए । त्यसप्रति असहमति जनाउँदै जीतबहादुर पुनले उम्मेदवारी दिएपछि जिल्लाको राजनीतिले नयाँ मोड लिएको छ ।

अहिले फेरि वागी उम्मेदवारहरुले पार्टीको झण्डासहित चुनाव प्रचार प्रसारलाई तीव्र बनाएपछि आधिकारिक उम्मेदवारहरु अलमलमा परेका छन् । अहिले उनीहरु जित भन्दा पनि आफ्नो चुनाव चिन्ह र झण्डाको विषयमा जनतालाई बुझाउन मै केन्द्रित भएका छन् ।

बिनाविभागीय मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेतले वाम गठबन्धनविरुद्ध उम्मेदवारी दिएर पार्टीको झण्डा बोक्ने नैतिकता बागीलाई नभएकाको दावी गर्छन् । स्वतन्त्र उम्मेदवारले माओवादी केन्द्रको झण्डा बोकेर प्रचारप्रसार गरेपछि बाम गठबन्धनले पनि आपत्ति जनाएको छ ।

बागी उम्मेदवारले समेत पार्टीको झण्डा बोकेर प्रचारप्रसार गरिरहेको भए पनि गठबन्धनमा यसले कुनै प्रभाव नपर्ने नेकपा ९एमाले० जिल्ला सचिव रमेश गौतमले बताउँछन् । उनी भन्छन्, ‘बागीहरूले झण्डा बोकेर प्रचारप्रसार गरिरहेको र यसले गठबन्धनलाई कुनै असर गर्दैन सल्यानका एक केन्द्र र दुई प्रदेशमा बागीहरूले जित्ने पक्का छ ।’

प्रतिकृया दिनुहोस